डाक्टरको ला प र बा हीले ८ वर्षीय सुविकाको मृ त्यु

कपिलवस्तु / आठ घण्टासम्म विशेषज्ञ डाक्टर चेकजाँच गर्न नआउँदा उपचारका लागि मेडिकल कलेजमा पुर्‍याइएकी ८ वर्षीया बालिकाको मृ त्यु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका-२ बैजलपुरकी सुविका थापामगरलाई शुक्रबार राति १२ बजे युनिभर्सल मेडिकल कलेज भैरहवामा पुर्‍याइएको थियो । तर ८ घण्टासम्म डाक्टरले हेरेनन् । सिकारु नर्सहरुले ओ भ र डो ज औ ष धि दिएका कारण बालिकाको मृ त्यु भएको परिवारको आ रो प छ ।

नर्सहरुले ५ मिनेटमा डाक्टर आउनुहुन्छ भन्दाभन्दै बिहान ८ बजेसम्म डाक्टर नआएको मृ त क की ठूली आमा सरु थापाले बताइन् । शनिबार बिहान साढे ८ बजेतिर बालिकालाई मेडिकल कलेजले मृत घोषणा गरेको थियो । सरुको दाबी अनुसार सिकारु नर्सहरुले अन्धाधुन्द ओभरडोज औषधि दिएकै कारण सुविकाको मृ त्यु भएको हो ।

पेट दुख्ने समस्या देखिएपछि सुविकालाई शुक्रबार कपिलवस्तुबाट बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा पुर्‍याइएकामा आम्दाले भिडियो एक्सरे गर्ने डाक्टर नभएको भन्दै मेडिकल कलेज रिफर गरेको सरुले बताइन् । भिडियो एक्सरे नगरिकनै, रोग पत्ता नलगाई चारहजार मूल्यको औषधि किनेर खुवाइएको सरुले बताइन् ।

८ घण्टासम्म डाक्टर नआएपछि बिरामीका आफन्तले डिस्जार्च दिनुस् हामी अन्य अस्पताल लैजान्छौं भन्दा डिस्चार्ज पनि नदिएको सरुले बताइन् । ८ घण्टासम्म न डाक्टर आएर चेकजाँच गरे, न भिडियो एक्सरे भयो न डिस्चार्ज माग्दा दिए,उनले भनिन्, अस्पतालको ला प र बाहीले नै बच्चीको मृ त्यु भएको भन्ने ठहर भएको छ । सुविका बाणगंगाा बोर्डिङ स्कूलकी २ कक्षाकी विद्यार्थी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *