कोरोना भाइरसको उपचारमा खटेका डाक्टरको सुताइ देखेर सर्वसाधारण भावुक (फोटो)

कोरोना भाइरसको संक्रमणले ग्रस्त चीनमा अहिले सबैभन्दा गाह्रो स्वास्थ्यकर्मीलाई छ । उनीहरु दिनरात नभनी बिरामीको उपचारमा खटेका छन् ।तर अन्न पानीको शरीर न हो, डाक्टरलाई पनि आराम चाहिन्छ, केही मिनेट नै सही निद्रा अपरिहार्य छ । तर बेफुर्सदका बीच उनीहरु जसरी आराम गरिरहेको भेटिएका छन्, त्यो देख्दा सर्वसाधारणको मन कुँडिएको छ ।

चीनको सामाजिक संजालमा आराम गरिरहेका डाक्टरहरुको तस्बिर पोष्ट गर्दै सर्वसाधारणले लेखेका छन्ःउनीहरु हाम्रो लागि लडिरहेका छन्उ नीहरु भाइरससँग पैंठेजोरी खेलिरहेका छन्उनीहरु अभिभावक हुन्, छोरा हुन्, छोरी हुन्उनीहरुलाई सबैकुरा सफा र चिटिक्क भएको

मनपर्छतर यो दुःखको घडीमायस्ता सुताईहरु जताततै देख्न सकिन्छउनीहरु डाक्टर र नर्स हुन्जब भाइरसको उत्पत्ति भयो तब उनीहरुले सुरक्षार्थ क्वारेन्टाइन सुट लगाउन सुरु गरे बिरामीलाई मृत्युबाट जोगाउँदै उनीहरु आफैं पनि मृत्यु र भाइरससँग जुधिरहेका छन्हा मीहरुको उनीलाई सम्मान गर्नै पर्छ !’

कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा ३ सय ६१ को मृत्यु भइसकेको छ भने देशभरी १७ हजार २ सय ५ जना संक्रमित छन् । यसका साथै कोरोनाका २ हजार ८ सय २९ नयाँ संक्रमित भेटिएका छन् ।सोमबार कोरोना भाइरसका कारण फिलिपिन्समा एक जनाको मृत्यु भएको छ । चीनबाहिर कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *