कोरोनाभाइरस संक्रमणबाट निको भएका ३२८ चिनियाँ नागरिक अस्पतालबाट घर फर्के

एजेन्सी । चिनियाँ स्वास्थ निकायहरुले शनिबार साँझसम्म कोरोनाभाइरस संक्रमित भएकामध्ये ३२८ विरामी निको भएर घर फर्किएको जानकारी दिएका छन् ।शनिबार मात्र ८५ मानिस रोगमुक्त भएर घर फर्किएका थिए, तीमध्ये ४९ संक्रमणको केन्द्र मानिने हुवेई प्रान्त निवासी थिए ।

चीनको नेसनल हेल्थ कमिसनले आइतबार उसको दैनिक रिपोर्टका क्रममा यो जानकारी दिएको हो ।शनिबारसम्म कोरोनाभाइरसको संक्रमणबाट ३०४ व्यक्ति मारिए भने १४,३८० रोगको पुष्टि भएको छ ।

कोरोना भाइरसका कारण चीनमा हजार बढी विवाह स्थगीत, चौतर्फी प्रशंसा

दक्षिणपश्चिम चीनको गुइजाव प्रान्तस्थित वुचुवाई काउन्टी, जुन्यी सिटीका करिब एक हजार जोडीले आफ्नो विवाह स्वतःस्फूर्त रुपमा स्थगित गरेका छन् । उनीहरुको यस्तो कदमले चौतर्फी प्रशंसा बटुलेको छ ।

स्थानीय स्वास्थ्य संस्थाका डाक्टर लिउ सावती तीमध्ये एक हुन् । मानिस–मानिसबीच पनि कोरोना भाइरल सर्न थालेपछि लिउ र उनकी नर्स प्रेमिकाले आफ्नो विवाह स्थगीत गर्ने निर्णय गरेका हुन् ।

‘विवाह भनेपछि भीड भइहाल्छ । रोगलाई भीडमाझ फैलनबाट जोगाउन र यसमाथि नियन्त्रण पाउनका लागि मैले मेरी प्रेमिकासँग सल्लाह गरेर विवाह स्थगीत गर्ने निर्णय गरेँ,’ लिउले भने । ‘विवाहको नाममा मेरो परिवार र साथीभाइको स्वास्थ्यलाई जोखिममा पार्न सक्दिनँ ।’

विवाहमा आमन्त्रित पाहुनालाई यसबारे जानकारी दिएर लिउ आफ्नो काममा फर्किएका छन् । उनले आफ्ना साथीहरुसँग मिलेर कोरोनाको कहरसँग लड्न स्थानीय गाउँलेको तापक्रम नाप्ने, बुहानबाट आएका पर्यटकबारे जानकारी लिनेलगायतका काम गर्दै आएका छन् ।

यसका साथै चाङ्गजियाओका स्थानीय झु ताओले चिनियाँ नयाँ वर्षको चौथो दिनका लागि निश्चित विवाह स्थगीत गरेका छन् । विवाहमा उपस्थित मानिसबीच रोग फैलने सक्ने खतरा देखेर झुले आफ्नी प्रेमिकासँग सल्लाह गरेर विवाह स्थगीत गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *