मौसम दिनभर देशभर कस्तो रहला?

काठमाडौँ – उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहान हुस्सु तथा कुहिरो लागेको छ ।दिउँसो यी क्षेत्रमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराईका क्षेत्रमा पनि बिहानैदेखि बाक्लो हुस्सु–कुहिरो लागेको छ । दिउँसो पनि तराईका केही क्षेत्रमा कुहिरो कायम रहने मौसमविदले बताएका छन् । हाल देशको पश्चिम र पूर्वी पहाडी भूभागमा आशिंक बदली रहेको छ।

सोमबार दिउँसो पूर्वी तथा मध्य नेपालका भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। राति भने देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

किसानको कथा भिडियोमा देखाए १ लाख पुरस्कार

काठमाडौँ – हाम्रा किसान डट कमले किसान कथा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना गरेको छ। नेपाल कृषि प्रधान देश भएपछि वर्षेनी कृषि घाटा भएको तथ्य अर्थतन्त्रले देखाउने गरेको छ। नेपालले कृषिमा मात्रै एकसय २० अर्ब भन्दा धेरै घाटा खाइरहेको छ।नेपालमा कृषिको संभावना कम भएपनि अनुसन्धान कम भएको भन्दै हाम्रा किसानले कृषकलाई प्रवद्र्धन गर्नको लागि भिडियो प्रतियोगीता आयोजना गरेको हो।

कृषि व्यवसायका प्रमुख चुनौतिहरु केके हुन् र के के हुनसक्छ ? कृषि व्यवसाय सुधार गर्न कस्ता किसिमका परिवर्तनहरु आवश्यक छ ? कसरी सफल कृषि व्यवसाय गर्न सकिन्छ ? लगायतका सवालहरुमा कृषकहरुको अनुभव समेट्ने भिडियो पठाउनु पर्नेछ।भिडियो पठाउन पहिला आवेदन भरी फ्रेबुअरी १० देखि मार्च १ सम्म पठाउनु पर्ने छ। त्यसपछि मार्च १ देखि २८ मा भिडियो पठाउन पर्नेछ।

पठाइएका भिडियोहरु विभिन्न सामाजिक सञ्जाल र वेवसाइटहरुमा पोस्ट गरेर बुस्ट गरिनेछ। एक महिनापछि उक्त भिडियोको गुणस्तर, त्यसमा आएको लाइक र शेयर गरिएको सङ्ख्या हेरेर उत्कृष्ट भिडियोलाई प्रथम, द्वितीय र तृतिय घोषणा गरिनेछ।

Krishi Documentary Video Challenge

I encourage you to please participate in this competition. We need film makers to be a part of the solution the country needs right now. for detailed info: www.hamrakisan.com

Posted by Sisan Baniya on Wednesday, January 29, 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *