भारतको नयाँ बजेटको काईदा नेपाललाई यस्ता फाइदै-फाइदा

काठमाडौं । भारतीय अर्थमन्त्री निर्मला सीतारमणद्वारा शनिबार संसद्मा पेस गरिएको बजेट सदनबाट पारित भएपछि नेपाललाई दिने अनुदान घट्ने भएको छ । गतवर्ष १२ अर्ब पुगेको अनुदान बजेटपछि ८ अर्ब भारुमा सीमित रहनेछ । भारतले यसअघिको बजेटमा नेपाललाई १९ अर्ब २ करोड नेपाली रुपैयाँ अनुदान प्राप्त भएकोमा अब उप्रान्त १२ अर्ब ८० करोड रुपैयाँ मात्र प्राप्त हुनेछ ।

भारतले गत वर्षको बजेटमा १० अर्ब ५० करोड भारु छुट्याएको थियो त्यसपछि पुनः ल्याएको मध्यावधि बजेटमा नेपालका लागि १२ अर्ब भारुका सहयोग स्वीकृत गरिएको थियो । अहिलेको बजेटले भुटानलाई भने गतवर्षको भन्दा ८ अर्ब वृद्धि गर्दै २८ अर्ब ८४ करोड ६५ लाख भारु पु¥याएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारतीय संसद्मा आव २०२०÷२१ का लागि २६९ खर्ब ८५ अर्ब भारुको बजेट पेस गरेकी

थिइन् । यो बजेटले अनुदानमा कटौटी गरे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ खर्ब भारु अनुदानमा भने कुनै कटौती हुँदैन भारतले छिमेकी मुलुकलाई हरेक वर्ष अनुदान दिँदै आएको छ । गत वर्ष ६९ अर्ब ६२ अर्ब भारु अनुदान दिएको भारतले नयाँ बजेटमार्फत ६९ अर्ब ६ करोड भारुमा सीमित गरेको छ । भुटान, बंगलादेश र मंगोलियाको अनुदान बढाएको भारतले नेपाल, मोरिसस, माल्दिभ्स र श्रीलंकालाई दिने अनुदानमा कटौती गरेको छ ।

भारतको नयाँ बजेटले कृषि उत्पादनलाई थप प्रतिस्पर्धी बनाउने वातावरण बनाएको छ । भारतबाट नेपालमा वार्षिक करिब २ खर्बको कृषि उत्पादन आयात भइरहेको छ । भारतीय कृषिउपजमा नेपालले भन्सारसमेत लगाउन पाउँदैन । नेपाली कृषि उत्पादन महँगो भइरहेको परिप्रेक्ष्यमा भारतले कृषि अनुदान बढाएका कारण भारतीय कृषि उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने देखिएको छ । आगामी पाँच वर्षमा माछा निर्यात १० खर्ब भारुबराबर पु‍¥याउने लक्ष्य लिएका कारण भारत सरकारको निर्णयले नेपाली माछा उत्पादनमा समस्या पर्नेछ

भारतमा चु रो ट, सु र्ती, जुत्ता–चप्पल, चुइङगम, ओखर, पंखा, फर्निचरलगायतका वस्तुमा भन्सार थप गरिएको छ । यसले गर्दा भारतीय यी उत्पादन नेपालमा महँगिनेछ । यसले गर्दा नेपाली फर्निचर र जुत्ता–चप्पल उद्योगीलाई भने फाइदा पुग्नेछ । नेपालबाट गोल्डस्टारलगायत ब्रान्डका जुत्ता–पप्पल भारत निर्यात हुन्छ । ३० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि गरेर भारत निर्यात गर्दा नेपाली उत्पादनले त्यहाँ भन्सार तिर्नुपर्दैन । यसले गर्दा भारतमा नेपाली जुत्ताचप्पल तुलनात्मक रूपमा सस्तिनेछ । राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *