कोरोना भाइरसको कुनै उपचार छैन, सावधानी उपनाउनु पर्छ

नयाँ वर्षमा चीन एउटा नयाँ र ठुला चुनौतीको सामना गरिरहेको छ । यो चुनौतीको नाम कोरोना भाइरस हो ।कोरोना भाइरस चीनको सीमाहरुबाट निस्किएर संसारका अन्य भागहरुमा पनि आफ्नो असर देखा परिसकेको छ ।चीनको वुहान शहरबाट उत्पन्न भएको कोरोना भाइरस अन्य देशहरु थाईल्यान्ड, भियतनाम, ताइवान, दक्षिण कोरिया, सिंगापुर, जापान, अमेरिका, अस्ट्रेलिया, फ्रान्स र हाम्रो देश नेपालमा

पनि देखिएको छ ।बि्रटेन र क्यानडा र अन्य देशहरुमा समेत यस भाइरसंग मिल्दाजुल्दा केही केशहरु देखा परेका छन् । यी केशहरु कोरोना भाइरसको हो कि होइन भन्ने कुरा पत्ता लगाइँदैछ ।चीनबाट उडान भरेर संसारका विभिन्न देशहरुमा जाने यात्रुहरुको वैज्ञानिक तरीकाले जाँच गरिँदैछ ।कोरोना भाइरसका कारण हिजोआज अन्य देशका मानिसहरु चीनको यात्रा गर्दैनन् ।

कोरोना भाइरसको आ तं क

कोरोना भाइरस तिव्रताका साथ अन्य देशहरुमा पनि फैलँदैछ । यसको संक्रमणको कारणले निमोनिया भएको जस्तो भम्र हुन्छ । यही कारण शुरुवातमा चीनका स्वास्थ्यकर्मीे कोरोना भाइरसको संक्रमणलाई सामान्य निमोनिया सम्झेका थिए ।तर केहि समयपछि उनीहरु यो भाइरस सामान्य संक्रमण होइन भन्ने कुरा पत्ता लगाए । यसबाट बच्नका लागि निकै कठिन हुन्छ भन्ने पनि थाहा पाए ।कोरोना भाइरसको विकराल रुप अगाडि आउनु भन्दा पहिले नै संकटको संकेत प्राप्त हुन थालेको थियो ।

अब यो भाइरस केवल चीनको मात्र चिन्ताको बिषय रहेन । यसका कारण हरेका देशका नागरिकहरु चिन्तित छन् । नाटिघक यूनिभर्सिटीका सोफी हन्ट र जेसन नील २०१९ को डिसेम्बर महिनासम्म पनि वुहानमा नै थिए ।सोफी भन्छिन्-‘वुहानमा हामीहरु किनमेलका लागि वालमार्ट गएका थियौं । त्यहाँ मानिसहरु किनमेलका लागि हतारिएका थिए । जो पनि खाने-पिउने सामानहरु किनेर जम्मा गर्न आतुर देखिन्थे । त्यसपछि हामी मास्क किन्न मेडिकल स्टोर पनि गयौं । तर मानिसहरुले बढि भन्दा बढि मास्क किनेकाले मास्क सकिएको थियो । वुहानको त्यस्तो स्थिति देखेर एकदम दुःख लाग्यो । तर त्यतिबेला स्थिति झन भयांनक हुन्छ भन्न थाहा थिएन ।’

घर भित्र बन्दी भएका मानिसहरु

चीनको हुबेइ प्रान्त कोरोना भाइरसको प्रकोपले नराम्रोसंग प्रभावित भयो । देश भरमा हजारौं मानिसहरु यस भाइरसबाट संक्रमण केशहरु अगाडि आए ।ती मध्ये धेरै संक्रमण हुबेई प्रान्तमा भएको छ । एउटै ठाउँबाट यति धेरै संक्रमण भएको कुराले चीनको प्रशासनको होस उड्यो ।

भाइरसको संक्रमणलाई रोक्नका लागि चीनका अधिकारीहरुल विभिन्न उपायहरु अपनाए ।हुबेई प्रान्तको यात्रामा प्रतिबन्ध लगाएर मानिसहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान रोक लगाइएको छ ।वुहानको एउटा होस्टलमा बसोबास गर्ने एक छात्रले बीबीसीलाई भने-‘मानिसहरु सास थामेर कोठाको चार भित्तामा बन्द भएर बसेका छन् ।’

आफ्नो नाम गोप्य राख्ने शर्तमा ती छात्रले भने -‘यहाँ हरेक मानिस घर भित्र बन्द भएको छ, कोहि पनि बाहिर निस्कन चाहँदैन । आकस्मिक रुपमा बाहिर निस्कन परे पनि स्वीकृति लिनु पर्छ । बाहिर जानुको कारण खुलाउनु पर्छ । हामीले खानपिनको सामान लिन बाहिर जान्छौं भन्यौ भने हामी नै सबै खानेकुराको सामान यहि ल्याइदिन्छौं , तपाईंहरु बाहिर निस्कनु आवश्यक छैन भन्ने जवाफ पाउँछौं । कोहि पनि घरबाट बाहिर निस्कन नपाउँदा सडकहरु खाली छन् । यदि कुनै बिरामी भयो भने पनि अस्पताल जान पाइँदैन, त्यहाकाँ अधिकारीहरुले आफ्नै कोठामा बस्न निर्देशन दिन्छन् ।’

नयाँ वर्षको रमाइलो नै फिक्का भयो

कोरोना भाइरसका कारण विभिन्न कुराहरुमा प्रतिबन्ध लगाईएको छ । जसका कारण चीनका दश शहरहरुमा बसोबास गर्ने करिव दुई करोड मानिसहरु प्रभावित भएका छन् ।बढ्दो संक्रमणका कारण चीन सरकारले विभिन्न सार्वजनिक स्थानहरु बन्द गरिदिएका छन् । चाइनीज क्यालेन्डरको महत्वपूर्ण मितिहरु मध्ये एक लूनर न्यू इयरको उल्लास कोरोना भाइरसका कारण फिक्का भयो ।

लुनर न्यू इयरमा हुने छुट्टकिो क्रममा लाखांै मानिसहरु यात्रा गर्छन् । तर यो पटक प्रतिबन्धहरुका कारणले यी सबै कुरा बिथोलिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस तिव्रताका साथ फैलीदै गएकोमा चिन्ता प्रकट गरेको छ ।

कोरोना भाइरस किन ख त र ना क छ ?

संगठनको आपतकालीन स्वास्थ्य सेवाहरुबाट सम्बद्ध डाक्टर अबदी मोहम्मदले अहिले धेरै कुरा पत्ता लगाउन बाकि रहेको कुरा बीबीसीलाई बताएका छन् ।उनी भन्छन्- ‘बिरामीहरुमा लक्षण देखिन थालेको कुरा मात्र हाम्रा जानकारीमा छ । तर यो एउटा नयाँ रोग भएका कारण चिन्ताको बिषय बनेको छ । यसले कस्तो प्रकारको असर देखाउँछ भन्ने कुरा हामीलाई थाहा छैन । कोरोनाबाट संक्रमित करिव चार प्रतिशत

बिरामीहरुको ज्यान गैसकेको छ । ज्यान गुमाउने त्यस्ता व्यक्तिहरु थिए जसको रोग प्रतिरोधी क्षमता कमजोर थियो । कोरोना भाइरस कुन हदसम्म जान घातक हुन्छ भन्ने कुरा अहिले नै भन्न सकिंदैन ।’बीबीसी हेल्थ एडिटर जेम्स गेलाघरका अनुसार कोरोना भाइरस आफैं नष्ट हुने किसिमको भाइरस होइन । संक्रमित शहरहरुमा आवत-जावतमा प्रतिबन्ध लगाएर, यसलाई फैलनबाट रोक्न सकिन्छ ।

उनका अनुसार यदि तपाईंको चीनसंग कुनै किसिमको सम्पर्क छ अथवा भर्खरै वुहानबाट र्फकनु भएको छ र तपाईंलाई ज्वरो आएको छ अथवा कफ निस्कने, सास फेर्न गाह्रो हुने समस्या छ भने तपाईं तुरुन्त डाक्टर कहाँ जानु आवश्यक छ । तर तपाईले सी-फूड खानु भएको छ भनेर चिन्ता गर्नु पर्दैन । यो भाइरस सार्स जस्तो खतरनाक त छैन, तर यदि यसको लक्षणलाई चिन्न सकिएन भने यसमा काबु पाउन गार्हो छ ।

कोरोनाको संक्रमण कसलाई भएको छ र कसैलाई भएको छैन भन्ने कुरा थाहा पाउन सजिलो छैन । यो भाइरस त्यो बेला मात्र थाहा हुन्छ जब लक्षण देखिन थाल्छ अथवा बिरामीको हालत अति नै विग्रन्छ ।विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई चीनका लागि आपतकालीन भन्दै उनले भने -यसलाई ग्लोबल हेल्थ इमरजेन्सी भन्न सकिंदैन ।तर विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस चीनसंगसंगै अन्य देशहरुका लागि पनि अति नै गम्भीर खतरा बन्न सक्छ ।

भाइरसबारेमा विभिन्न कुराहरु

अत्याधुनिक हुँदै गएको संसारमा चीन जस्तो भारी अर्थ व्यवस्था भएको देशहरु पनि कुनै भाइरसको सामना गर्नका लागि कत्तिको तयार छ भन्ने कुरा कोरोना भाइरस बढ्दो प्रकोपले प्रश्न खडा गरिदिएको छ ।शुरुमा कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भन्ने कुराको दावी गरिएको थियो ।तर केहि समयपछि नै यो दावी गलत प्रमाणित भयो र यस गल्तिले अत्याधुनिक चिकित्सा सुविधाहरु हुँदा-हुँदै पनि कुनै नयाँ भाइरसको पहिचान र त्यसको शक्तिलाई बुझ्न धेरै गाह्रो छ भन्ने कुरा पनि प्रमाणित गरिदिएको छ ।

कहिले चमेरा त कहिले सर्प, त्यस्तै कहिले खानाको थालमा पस्केको समुद्री जीव अर्थात सीफूडलाई कोरोना भाइरसको कारण भनियो । तर यीमध्ये कुन कारणले कोरोना भाइरस जस्तो घातक रोग उत्पन्न भयो भन्ने कुराको यकिन भएको छैन ।

बितेका केही वर्षहरुमा संसारका विभिन्न ठाउहरुमा सार्स, बर्ड फ्लू, स्वायन फ्लू, इभोला र जीका भाइरसका कारणले मानव जातिलाई विभिन्न समस्याहरुको सामना गर्नु परेको थियो ।वैज्ञानिकहरुले यस्ता समस्याहरुको समाधानका लागि विभिन्न भ्याक्सिनहरु विकसित गरेर यीनीहरुको खतरा त कम गरिदिएका छन् । तर कोरोना भाइरसको अहिलेसम्म पनि कुनै प्रकारको औषधि अथवा भ्याक्सिन पत्ता लागेको छैन ।

कोरोना भाइरसप्रति संसार भरीका मानिसहरुको चिन्ता प्रकट गरेका छन् । यसको साथै सबैले सोधकर्ताहरुले छिट्टै यो समस्याको समाधान भेट्ने छन् भन्ने अपक्षा पनि गरेका छन् ।अहिले कोरोना भाइरसबाट बच्नका लागि सावधानी अपनाउनु बाहेक अरु कुने उपाय नै छैन ।

बिबिसी हिन्दी अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *