लोकगायक बद्री पंगेनीलाई पितृशोक

काठमाडौं – चर्चित लोकगायक बद्री पंगेनीलाई पितृशोक परेको छ । गायक पंगेनीका पिता बोधराज पंगेनीको ७०बर्षको उमेरमा निधन भएको छ । लामो समय देखी दम रोग बाट पिडीत रहेका पंगेनीका पिता बोधराजको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । गायक पंगेनीका पिता बोधराजको दाहसंस्कारका लागि पाल्पाको रामपुर लागिएको जनाइएको छ। बोधराजका दुई छोरा र एक छोरी छन् ।

व्रतहरुमा सबैभन्दा शक्तिशाली मंगल चौथी व्रत

काठमाडौं । यही माघ १४ गते मंगलबार (आज) तीनओटा शुभयोगमा गणेश चतुर्थी पर्व परेको छ । धार्मिक हिसाबले यस्ता योगहरुलाई विशेष महत्त्वका साथ हेरिने गरेको छ । मंगलबार र चौथी तिथि एकैदिन परेमा मात्रै यस्तो विशेष हुने गरेको छ । यसै समयमा माघशुक्ल पक्षको नवरात्र

परेकाले अरु समयमा पर्नेभन्दा पनि शक्तिशाली हुने मानिन्छ । यस्ता प्रकारका योग बन्नुका लागि एकदमै धेरै समय लाग्ने गरेको छ । गणेश चतुर्थीको व्रत विशेष गरि सन्तन, सुखी वैवाहिक सम्बन्धका लागि पनि विशेष रुपमा व्रत तथा पूजा गरिएमा कुनै पनि प्रकारका मांगलिक दोष नलाग्ने शास्त्रमा उल्लेख गरिएको छ ।

लामो समयसम्म विवाह नभएकाहरुले पनि यो व्रत बसेमा छिट्टै मनोकामना पूर्ण हुने उल्लेख गरिएको छ । भगवान् शंकर तथा माता पार्वतीका पुत्र श्रीगणेशलाई विभिन्न नामले पनि पूजा गर्ने परम्परा रहिआएको छ । सबै देवताहरुमध्ये सर्वप्रथमा गणेशको पूजा गरेपछि मात्रै अरु

देवताहरुको पूजा गर्ने परम्परा रहिआएको छ । शास्त्रकाअनुसार भगवान् गणेशका ऋद्धि र सिद्धि नाम गरेका दुईवटा पत्नी भएको कुरा शास्त्रमा वर्णन गरिएको छ, जसलाई शुभ लाभ भनेर पनि भन्ने गरिन्छ । यदि कसैलाई विवाहमा कुनै प्रकारका समस्याहरु भएको भए पनि यो व्रतले शुभ हुनेछ ।

कुनै पनि विद्यार्थीलाई पढाइमा बाधा अवरोध भइरहेको छ भने गणेश संकट मोचन मानम स्त्रोत्र कुनै आठ जना पढ्ने मानिसहरुलाई आफ्नै हातले लेखेर दान गरेमा अवरोध भएको कुनै प्रकारका विद्या सुचारु हुन्छ भनेर गणेश पुराणमा उल्लेख गरिएको छ । जन्म समयमा कुनैपनि

प्रकारका मांगलिक दोष भएको भए विधिपूर्वक गणेश चतुर्थीको व्रत बसेमा या पूजा गरेमा कुनै प्रकारका समस्या नरहने समेत ज्योतिषीहरुले जानकारी गराएका छन । मांगलिक पूजाको नाममा कुनै प्रकारको थप पुजा गरिरहनु नपर्ने समेत जानकारी गराएका छन । गणेशको पूजा गर्दा दुबो, सिन्दुर र स्वामीको पातले पूजा गर्दा छुट्टाछुट्टै सफल हुने समेत विज्ञहरुले जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *