विश्वभरका २५ देशमा कोरोना भाइरसको प्रकोप, कुन देशमा कति संक्रमित ?

चीनको हुवान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको प्रकोप अहिले सम्ममा विश्वको २५ देशमा देखएिको छ । उक्त भाइरसका कारण चीनमा अहिले सम्ममा ३६१ जनाकोख मृत्यु भइसकेको छ भने १७ हजार २०५ मानिसमा यसको संक्रमण देखीएको छ ।त्यस्तै, चीन बाहिर पहिलो पटक हिजो फिलिपिन्समा उक्त भाइरस प्रकोपका कारण एक जनाको मृत्यु भएको छ ।

हाल सम्ममा कोरोनाभाइरस पुष्टि भएका देशहरु

हाल सम्म विश्वका २५ देशमा कोरोना भाइरसको प्रकोप देखीएको छ । भाइरसको प्रकोप सुरु भएको चीनमा अहिले सम्म १७ हजार २०५ मानिसमा यसको संक्रमण देखएिको छ ।

त्यस्तै चीन बाहेक सबै भन्दा धेरै जापानमा २० जना मानिसमा यसको प्रकोप देखीएको छ । अस्ट्रेलियामा यस भाइरसको प्रकोपबाट १२ जना संक्रमित भएका छन् भने कम्बोडियामा १ जना र केनेडामा ४ जनामा यसको संक्रमण रहेको पुष्टी भएको छ ।

त्यस्तै, फिनल्याण्डमा १ जना, फ्रान्समा ६ जना, जर्मनीमा १० जना, भारतमा ३ जना, इटालीमा २ जना र थाईल्याण्डमा १९ जनामा उक्त भाइरसको संक्रमण देखएिको छ । त्यस्तै, मलेशियामा ८, नेपालमा १, फिलिपिन्समा २, रुसमा २, सिंगापुरमा १८, दक्षिण कोरीयामा १५, स्पेनमा १, श्रीलंकामा १ स्वीडेनमा १, र ताइवानमा १० मानिसमा यसको संक्रमण रहेको पाइएको छ ।

त्यस्तै, संयुक्त अरब एमिरेट्समा ५, युकेमा २, अमेरीकामा ११ र भियतनाममा ८ जना मानिसमा यस भाइरसको संक्रमण पाइएको छ । उक्त तथ्यांक अनुसार अहिले सम्ममा विश्व भर १७ हजार ३६८ मानिसमा कोरोना भाइरसको संक्रमण देखीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *