मलेसियाले आफ्ना नागरिक फिर्ता ल्याउन वुहान पठायो विमान

क्‍वालालम्पुर । मलेसियाले आफ्ना नागरिकलाई फिर्ता ल्याउन पञ्जा (ग्लोभ्स) हरु भरेर एक विमान चीनको वुहान पठाएको छ । मलेसियाले सोमबार वुहानमा रहेका आफ्ना १४१ नागरिक फिर्ता ल्याउन उक्त विमान पठाएको हो ।

मलेसियाले उक्त विमानमा ५० लाख जोर पञ्जा पनि चीनलाई सहयोगका लागि उक्त विमानमार्फत पठाएको मलेसियाको राष्ट्रिय विपत् व्यवस्थापन नियोगले जानकारी दिएको छ ।

विमानमा चालकदलका १२ सदस्य र १४ मलेसियन सरकारी अधिकारी वुहानका लागि उडेका छन् । उनीहरु फिर्ता आइसकेपछि पनि स्वास्थ्य परीक्षण गरिने र १४ दिनसम्मको क्‍वारेन्टाइनमा राखिने बताइएको छ । कुनै व्यक्तिमा कोरोना संक्रमण भेटिए तुरुन्तै अस्पताल भर्ना गरिने पनि बताइएको छ ।

मलेसियामा अहिलेसम्म ८ संक्रमित भेटिएका छन् । चीनमा भने कोरोना संक्रमणबाट ३६१ जनाको मृत्यु भएको छ । १७ हजारभन्दा बढी संक्रमित छन् । मलेसियाले वुहानबाट आउने चिनियाँलाई अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ । -साउथ चाइना मर्निङ पोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *