‘वी लभ नेपाल’ भन्दै बार्सिलोनाले सेयर गर्‍यो नायिका प्रियंकाको तस्बिर

काठमाडौं- स्पेनिस महारथी बार्सिलोना फुटबल क्लबले आफ्नो अफिसियल फेसबुक पेजमा नेपाली नायिका प्रियंका कार्कीको तस्बिर सेयर गरेको छ।बार्सिलोनाको फेसबुक पेजमा केही मिनेटअघि मात्रै सेयर भएको उक्त नायिका प्रियंकाको तस्बिरको क्याप्सनमा ‘वी लभ नेपाल’ अर्थात् ‘हामी नेपाललाई माया गर्छौं’ लेखिएको छ।बार्सिलोनाले नायिका कार्कीको तस्बिरका साथै भिडियोसमेत सेयर गरेको छ।

नायिका प्रियंका कार्की केही दिन अघि मात्रै नायक तथा आफ्नो प्रेमी आयुष्मान देसराजसँग स्पेन पुगेकी थिइन्।गए रातिमात्रै उनीहरुले नाउ क्यापमा स्पेनिस ला–लिगामा बार्सिलोना र लेभान्टेबीचको खेल हेरका थिए।

जहाँ बार्सिलोनाले लेभान्टेलाई २-१ ले हराएको थियो।बार्सिलोनका फ्यान प्रियंका र आयुष्मानले आफ्नो सर्पोट बार्सिलोना फुटबल क्लबलाई रहेको बताएका थिए।नायिका प्रियंकाले आफ्नो इन्टाग्राममा बार्सिलोनको खेल हेर्न आतुर रहेको भन्दै लेखेकी थिइन्।

https://www.facebook.com/fcbarcelona/videos/1106824079681169/?t=0

Leave a Reply

Your email address will not be published. Required fields are marked *