कोरोनाभाइरसबारे अमेरिकाले अफवाह फैलाएको चीनको आरोप

चीनले कोरोनाभाइरसको प्रकोपबारे अमेरिकाले अतिरञ्जित तवरले विश्वभरी अफवाह फेलाइरहेको आरोप लगाएको छ । चीनको परराष्ट्र मन्त्रालयले सोमबार अमेरिकाले कोरोनाभाइरसबारे चाहिनेभन्दा धेरै गलत सूचना फैलाइरहेको भन्दै आलोचना गरेको हो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुआ चुन्याङले बिना कुनै आधिकारिक सूचना अमेरिकाले अफवाह फैलाइरहेको बताइन् । अमेरिका आफ्ना राजदुतावासका कर्मचारी र यातायातमा प्रतिबन्ध लगाउने पहिलो मुलुक भएको उदाहरण दिँदै हुआले अमेरिकी कार्यको आलोचना गरेकी हुन्

चीनसँगका सीमानाबाट मानिसको आवतजावत रोक्नु पर्ने कुनै कारण नहुँदा पनि अफवाहकै भरमा धेरैले सीमा र यातायात बन्द गराएको भन्दै उनले यो गलत भइरहेको बताइन् । उनले भनेकी छन्, सबै देशहरुले बैज्ञानिक कारणको आधारमा यस्ता निर्णयहरु गरिनु उचित हुन्छ न कि हल्लाको भरमा ।

अमेरिकाले आफ्ना नागरिकलाई वुहान प्रान्तबाट २८ जनवरीदेखि फिर्ता लिन सुरु गरेको थियो । साथै ३१ जनवरीबाट अमेरिकाले सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेर विदेशी नागरिकलाई चीन नजान भनेर सूचना प्रवाह गरेको चीनको सरकारी सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

अमेरिकापछि अस्ट्रेलिया, इजरायल, न्यूजिल्याण्ड र जापानलगायत देशले पनि आफ्ना नागरिकलाई चीन जान प्रतिबन्ध लगाएका थिए ।प्रवक्ता हुआले अरु देशको समस्याबाट फाइदा लिनेभन्दा पनि सहकार्य गरेर समाधान खोज्नु पर्ने बताएकी छन् ।उनले चीनमा रहेका हरेक देशका नागरिकको जिम्म्वारी चीनले लिने भन्दै नआत्तिन आग्रह समेत गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *