म:रेका काग बटुलेर, कुखुराको मासु भन्दै पकाएर बेचे ब्यापारीले !

सडकमा सजिलै उपलब्ध हुने खानेकुरा हामी मध्ये कतिपयको रोजाइमा पर्छन । काठमाडौं लगायत नेपालका मुख्य शहरहरुमा सडकमा पाइने तयारी अवस्थाका खानामा युवायुवती झुम्मिएको देख्न सकिन्छ । कुखुरा, खसी र राँगाको मासुका परिकार, चाट तथा पानीपुरी पाइने स्थानमा युवायुवती झुम्मिएको देख्न सकिन्छ । तर तपाईले कहिल्यै अनुमान गर्नुभएको छ त्यसको गुणस्तरका बारेमा ? कतिपय व्यापारीहरु उपभोक्ताको यस्तै बानीको फाइदा उठाउँदै यति सम्म ठगी गरिरहेका हुन्छन्की हामीले कल्पना पनि गरेका हुँदैनौं ।

भारतको तमिलनाडुमा एकजना होटल साहुले कुखुराको मासु भनेर कागको मासु बेच्ने गरेको खुलासा भएको छ । सडक किनारमा राखिएको त्यस्तो पसलमा कुखुराको मासु भनेर स्वाद मानेर खाएका उपभोक्ताले कागको मासु खाएका हुन् । तमिलनाडुको रामेश्वरमस्थित सडक किनारामा रहेका ठेला पसलहरुमा गरिएको छापामारी पछि भएको अनुसन्धानमा यस्तो खुलेको हो । ति पसलमा व्यापारीले चिकेन बिरयानी भन्दै कौवाको मासु हालेको बिरयानी खुवाउने गरेको फेला परेको हो ।

सरकारको खाद्य विभागले छापा मार्दा यस्तो तथ्य खुलेपछि अहिले भारतमा त्यसले खैलाबैला मच्चाएको छ । प्रहरीले त्यसरी उपभोक्ता ठगी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँगबाट झण्डै डेढसय वटा मरेका काग समेत बरामद गरिएको छ ।

हिन्दु धर्माबलम्बीहरुको चर्चित तीर्थस्थल रामेश्वरममा दर्शन गर्न आएका तीर्थयात्रीहरुको उजुरीको आधारमा प्रहरीले छापा मा रेको थियो । अनुसन्धानका क्रममा अर्को डरलाग्दो कुरा पनि खुलेको छ । कागलाई मा र्न ब्यापारीहरुले वि षालु चामल खुवाउने गरेका थिए । वि ष खुवाएर काग मा रेर त्यही म रेको कागको मासु हालेर चिकेन विरयानीको नाममा ठगी गर्दै आएको फेला परेको हो ।

कुखुराको मासु भन्दा त्यसरी खरीद गरिने कागको मासु निकै नै सस्तो पर्ने भएपछि ठेला व्यापारीहरुले त्यस्तो अपराध गरिरहेका फेला परेको हो । यसअघि भारतको मुम्बइ, नोएडा तथा कलकत्तामा समेत कुखुरा तथा खसीको मासु भन्दै कुकुर वा बिरालोको मासु खुवाइने तथ्य फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *