यस भिडियोमा कार्यक्रम सञ्चालिकाले अनिता विन्दुले ‘३५ बर्ष पुरा गरि ३६ बर्षमा प्रवेश गरेको’ भन्नुपर्नेमा ३१ बर्ष भनेको भिडियोमा सुन्न सकिन्छ । सामान्य मानवीय त्रुटीलाई गम्भीर बिषय बनाइएपछि कार्यक्रम सञ्चालिकाले माफि मागेकि छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अब यस्तो गल्ती नगर्ने भन्दै माफि मागेकी हुन् ।
उनले लेखेकी छिन् , ‘नेपाल टेलिभिजनको ३५औं वार्षिकोत्सबको कार्यक्रम सञ्चालनका क्रममा ३५ वर्ष पूरा गरी ३६ वर्षमा प्रवेश भन्नुपर्नेमा ३५ वर्ष सही उच्चारण भए पनि भुलवश ३६ को ठाउँमा अन्यथा पर्न गएको थाहा पाँउदा दुख लागेको छ । गल्ती औल्याई दिनु भएकोमा सम्पूर्ण सज्जन महानुभावहरूमा आभार व्यक्त गर्दछु । भावी दिनमा अरू बढी सचेतता अपनाउने प्रयास गर्नेछु ।’
नेपाल टेलिभिजनकाे ३५अाै वार्षिकोत्सबकाे कार्यक्रम सञ्चालनका क्रममा ३५ वर्ष पूरा गरी ३६ वर्षमा प्रवेश भन्नुपर्नेमा ३५…
Posted by Anita Bindu on Sunday, February 2, 2020