ह्वात्तै घट्यो पेट्रोल-डिजेलर ग्यासको मुल्य हेर्नुहोस

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरको एक रुपैयाँ घटाएको छ। निगमले खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ।सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए।

सोमबारै राति १२ बजेदेखि हेरफेर भएको मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ भएको छ। डिजल र मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ। खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ।अन्य समाचार :बैशाखमा घर-जग्गा मेला हुने काठमाडौं : आगामी बैशाख ४ गतेदेखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘आठौं घरजग्गा मेला २०२०’ आयोजना हुने भएको छ।

नेपाल जग्गा तथा आवास विकास संघले सोमबार काठमाडौंम पत्रकार सम्मेलन गरी घरजग्गा मेला आयोजना गर्न लागेको जानकारी दिएको हो। मेलामा आवास तथा जग्गा विकास तथा शहरीकरणमा योगदान पुर्‍याएका व्यवसायी र उपभोक्तालाई एकै थलोमा भेला गराई व्यवसायीले आफ्नो उत्पादनको यथार्थ तथा वास्तविक स्थिति जानकारी गराउन सक्ने आयोजकले जनाएको छ।

मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजना तथा विकासमा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्ट लगायतका स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने संघले जनाएको छ।मेलामा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका चुनौती र समस्या समाधानका उपायसहितका जानकारी गराउन सफल हुने विश्वास समेत संघले गरेको छ। त्यस्तै एक लाख भन्दा बढीले मेलाको अवलोकन गर्ने अपेक्षा समेत संघले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *