जन्मदिनको भव्य पार्टीपछिको खेलमा नेइमार टिम बाहिर

नेइमार पुनः चोटग्रस्त भएका छन् । करङमा लागेको चोटका कारण नेइमार पेरिस सेन्ट–जर्मेन (पिएसजी) को टिम बाहिर भएका हुन् ।
पिएसजीले फ्रेन्च लिग वान फुटबल अन्तर्गत मंगलबार नान्टेससँग् प्रतिस्पर्धा गर्दैछ । सो खेलका लागि पिएसजीको टिममा नेइमार रहेका छैनन्।
ब्राजिलियन खेलाडी नेइमारलाई गएको शनिबार राति भएको मोन्टपिलिएरसँगको खेलको क्रममा मेडिकल सहायताको खाँचो परेको थियो ।

आइतबार उनले आफ्नो २८ औँ जन्मदिनको भव्य पार्टी गरेका थिए पेरिसमा । ह्वाइट थिमको पार्टीमा मेम्फिस डिपेयी, एन्जल डी मारिया, एडिन्सन काभानी, मार्को भेराटीसहितका खेलाडी सेतो रंगको कस्ट्युममा पुगेका थिए ।पार्टी लगत्तै घोषणा भएको टिममा नेइमार नपरेपछि

पार्टीकै कारण नेइमारलाई टिम बाहिर गरिएको हो कि भन्ने शंका उब्जिएको छ ।तर प्रशिक्षक थोमस टुसिलले भने पार्टी र टिम छनौटमा कुनै सम्बन्ध नरहेको बताएका छन् । नेइमारले जन्मदिनको अग्रिम पार्टी दिएका हुन् । उनी बुधबारदेखि २८ वर्ष लाग्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *