अमेरिकाले यी ६ देशका नागरिकलाई भिसा नदिने

एजेन्सी । अमेरिकाकाले आफ्ना देशमा प्रवेश गर्ने नीतिलाई थप कडाई गरेको छ । जनवरी ३१ मा प्रकाशित उक्त विज्ञप्तिका अनुसार म्यानमारसहित थप ६ देशमाथि भिसा प्रतिबन्धको घोषणा गरेको छ ।विज्ञप्तिका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमार, इरिटेरिया, क्रिग्रिस्तान, नाइजेरिया, सुडान र तान्जिनियामाथि भिसा प्रतिबन्ध लगाउने घोषणामा हस्ताक्षर गरेका छन् ।

बर्माका आप्रवासीहरुलाई अमेरिका आउन नपाउने भएका छन् । भिसा प्रतिबन्ध लागेसँगै अमेरिकी सरकारले अन्य देशहरुमा यस्तो निर्णय गर्न सक्ने बताइएको छ ।विशेष आप्रवासीका लागि योग्य हुनेले भने भिसा प्राप्त गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ । इरिटेरिया, क्रिग्रिस्तान र नाइजेरियामाथि पनि यस्तै खालको भिसा प्रतिबन्ध लगाइएको छ ।

कोरोना संक्रमित आमाले जन्माइन् स्वास्थ बच्चा

बेइजिङ । चीनमा नोभेल कोरोना भाइरस संक्रमित आमाले एक स्वस्थ बच्चा जन्माएकी छन् । उत्तरपूर्वी चीनको हइलोजियाङ प्रान्तको हर्बिनस्थित अस्पतालमा जनवरी ३० मा एक स्वस्थ छोरी जन्माएको हर्बिन नगर स्वास्थ्य आयोगले सोमबार पुष्टि गरेको छ ।अस्पतालका अनुसार बच्चाको तौल साढे तीन केजी रहेको छ । पटक-पटकको स्वास्थ्य क्‍वारेन्टाइनपछि आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

३८ साताकी गर्भवतीले जनवरी ३० मा बच्चा जन्माएकी हुन् । ती महिलाले अवस्था कमजोर हुँदै गएपछि तत्काल अपरेसन गरेर बच्चा जन्माइएको थियो । अहिले आइसोलेसनमा राखेर उनको थप उपचार भइरहेको छ ।बच्चाको कोरोना परीक्षण दुई पटक गर्दा पनि नेगेटिभ देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *