व्हतै घट्यो सुन को भाउ हेर्नुहोस आज को सुन को मुल्य

काठमाण्डाै – सुनको भाउ मङ्गलबार तोलामा ५ सय रुपैयाँले घटेको छ ।सुन मङ्गलबार तोलाको ७६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साेमबार र आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार घटेकाे हाे । यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

चीनबाट आयात रोकिएसँगै सुकेको लसुनको भाउ आकासियाे

काठमाण्डाै – चीनबाट आयात रोकिएसँगै लसुन झण्डै तीन गुणाले महँगो भएको छ ।एक महिनाअघि किलोको दुई सय ४५ रुपैयाँ खुद्रा मूल्य रहेको लसुनको भाउ बढेर किलोको ६ सय पाँच रुपैयाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

आयात बन्द भएसँगै व्यापारीले यसअघि नै ल्याएको लसुनको भाउ बढाएका हुन् । कोरोना भाइरसको सङ्क्रमण बढेपछि चीनवाट आयात रोकिँदा लसुनको भाउ बढेको कालिमाटी थोक व्यवसायी सङ्घका अध्यक्ष भरत खतिवडाले बताउनु भयो ।

अहिले आयात ठप्प रहेको र गोदाममा भण्डारण गरिएको लसुन पनि सकिन लागेकोले अब केही दिनमा बजारमा सुकेको लसुन नपाइने उहाँको भनाइ छ । नेपालमा बर्सेनि करोडौँ रुपैयाँको सुकेको लसुन चीनबाट आयात हुने गरेको छ ।

पारस र सन्दीप टी–२० वरीयतामा दुई स्थान तल झरे

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) को टी–२० वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ ।आईसिसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल टी–२०मा १२औँ स्थानमा छ । यसअघि पनि नेपाल १२औँ स्थानमा नै थियो ।

नेपाल टी–२० वरीयतामा ११ औँ स्थानसम्म पुगेको छ । टी–२० विश्व वरीयतामा पाकिस्तान शीर्ष स्थानमा, अस्ट्रेलिया दोस्रो, इङ्ग्ल्याण्ड तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् ।

टी–२० काे खेलाडी वरीयताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२औँ स्थानमा छन् । यसअघि उनी ६०औँ स्थानमा थिए ।यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५औँ स्थानमा छन् । यसअघि उनी ८३औँ स्थान थिए । अलराउण्डरतर्फ पारस २७औँ, सोमपाल कामी ६५औँ र करण केसी ७५औँ स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *