१८० यात्रु लिएर उड्न लागेको इण्डिगो एयरको विमानमा ब म भएको सूचना आएपछि…

नयाँ दिल्ली। भारतको नयाँ दिल्लीबाट मुम्बइको लागि उड्न लागेको इण्डियो एयरको विमानमा ब म भएको सूचना आएपछि  हं गा मा म च्चि यो आइतबार भएको घ ट ना मा यतो सूचना आएपछि मानक संचालन प्रक्रिया (एसओपी) अनुसार सबै यात्रुलाई विमानबाट उतारियो । सुरक्षा जाँचको लागि सबै लगेजलाई पनि बाहिर निकालियो ।

विमानस्थलका एक अधिकारीका अनुसार इ ण्डि गोको दिल्लीबाट मुम्बइ गइरहेको विमान संख्या ६इ–८४३ मा ब म भएको सूचना इण्डिगो कार्यालयलाई प्राप्त भएको थियो । फोन गर्ने व्यक्तिले विमानमा बम भएको बताएका थिए । विमानमा ब म भएको सूचना प्राप्त हुँदा विमानभित्र १८० यात्रु चढिसकेका थिए । जाँचमा सूचना झुटो भएको पत्ता लागेपछि विमान मुम्बइको लागि उडेको थियो ।

जापानमा नेपालीले काम गरिरहेको ठाउँमा प्रहरीको छापा, १५ नेपाली प क्रा उ

टोकियो । जापानमा १५ जना नेपाली काम गरिरहेको ठाउँबाट पक्राउ परेका छन् । त्यहाँको प्रहरीले छा पा मा रे र उनीहरुलाई प क्रा उ गरेको हो । राजधानी टोकियो नजिकैको हाचिओजीमा काम गरिरहेका उनीहरुलाई अध्यागमन विभागको टिमसहित पुगेको प्रहरीले छा पा मा रे र प क्रा उ गरेको हो ।

ती नेपालीहरुले आफूहरुसँग भएको भिसामा गरिएको व्यवस्था उल्लंघन गर्दै अनुमति नपाएको काम गरिरहेकोले प क्रा उ गरिएको बताइएको छ । ती कामदारहरुले औद्योगिक काम गरिरहेका थिए तर उनीहरुलाई दिइएको भिसामा औद्योगिक क्षेत्रमा काम गर्ने अनुमति थिएन । प क्रा उ परेका मध्ये धेरैजसो कुक भिसामा रहेको बुझिएको छ ।सोही कम्पनीमा काम गर्ने एक नेपालीका अनुसार बुधबार बिहान कम्पनीको काम सुरु हुनै लाग्दा उनीहरु पक्राउ परेका हुन् । प क्रा उ पर्ने नेपालीहरू को–को थिए भन्ने बारे अहिलेसम्म खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *