भारतमा ३२ वर्ष हरा एकी सुमा दिदिलाई सन्ताेष देउजाले परिवारसंग गराए भेट, खुसीले आँसु थामिएन् (भिडियो)

भारतमा ३२ वर्ष देखि हराएकी एक महिला अहिले आफ्नो परिवारको सम्पर्कमा आएकी छन् । १४ वर्षको उमेर हुँदा भारत गएकी एक महिला अहिले ३२ वर्ष पछि परिवारको सम्पर्कमा आएकी हुन् । सुमा सुनार नाम गरेकी एक महिला १४ वर्षको उमेरमा कसैसंग भारत गएकी थिइन् । नवलपरासीको अरुणखोलावाट कसैको साथ लागेर भारत गएकी ति महिला ३२ वर्ष सम्म परिवारको सम्पर्कमा थिइनन् ।

अरुणखोलाको नयाँबेलहानी भन्ने स्थानकी सुमा अहिले सामाजिक सञ्जाल मार्फत आफ्ना परिवारको सम्पर्कमा आएकी हुन् । तमासपुरमा पुगेका सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई चिन्ने एक जना बृद्ध बुवा ( खडानन्द नाम गरेका) ले उनको घरमा लगिदिएका हुन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ता सुमा सुनारको घरमा पुग्दा उनको बुहारी र अन्य परिवार थिए । सुमाको भाई भने वुटवल गएका थिए । कर्णवहादुर सुनारको छोरी, गोपाल सुनारको दिदी सुमा भारतमा रहेर परिवारको सम्पर्कमा नरहेको ३२ वर्ष पुगेको थियो । उनले आफु भारतमा निकै दुखमा परेका कारण नेपाल आउन नपाएको बताइन् । मैले अमाजुलाई देखेकै छैन, उहाँको नाम भने सुनेको हो सुमाको भाई बुहारीले भनिन् ।

कुराकानी नभएको ३० वर्ष भएको उनको परिवारका सदस्यले पनि बताएका छन् । भारतमा ३२ वर्ष देखि हराएकी उनलाई घरमा आफ्नो आमाबुवा वितेको पनि थाहा पाएकी थिइन् । आमाको निधन भएको चार वर्ष भइसकेको र बुवाको निधन भएको तिन वर्ष भइसकेको उनको भाई वुहारी हेमाले बताएपछि उनी अचम्म परिन् । उनले आफ्नो आमाबुवा निधन भएको थाहा पाएपछि भनिन्, आमा भन्दा बुवा पछि वित्नुभएछ है ? उनले आफ्नो श्रीमान पनि निधन भएको माइतीलाई बताइन् । सुमाले भनिन् मेरो श्रीमान पनि बित्नुभयो, मेरो एउटा किड्नी पनि खराब भएको छ । मेरा छोराहरुले विवाह गरिसके ।

परिवारका सदस्यसंग उनले भारतको आन्ध्रप्रदेशवाट आफुले फोन गरेको बताइन् । सुमाले आफुलाई भाइले लिन आए नेपाल आउन चाहेको पनि बताइन् । उनले पहिलो पटक आफ्नो भाइबुहारीसंग कुरा गरेपछि भाईलाई भेट्न चाहेको र भाइसंग कुरा गर्न चाहेको बताइन् ।

ृसुमाको भाई भने वुटवलमा गएका कारण उनले भाईसंग कुरा गर्न पनि पाइनन् । आफ्नो आमाबुवा निधन भएको कुरा सुनेर उनी फोनमा भक्कानिएर रोइन् । मेरो श्रीमान पनि बितिसके, आमाबुवाको अनुहार पनि देख्न पाइन भन्दै उनी फोनमै भक्कानिएर रोएकी थिइन् ।

उनले अब आफु पनि धेरै दिन बाँच्दिन जस्तो लागेको छ भन्दै अन्तिम अवस्थामा आफ्नो माइतिको अनुहार देख्न चाहेको बताइन् । आँखा पनि नदेख्ने र एउटा किड्नी समेत खराब भएका कारण जिवन निकै दुखमा बितेको उनले सुनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *