कोरोना भाइरसलाई मध्यनजर गर्दै चीनले बन्द गर्‍याे किमाथा‍ंका नाका

संखुवासभा – संखुवासभाको उत्तरी सिमावर्ती किमाथांका नाका कोरोना भाइरसका कारण चिनियाँ पक्षले बन्द गरेको छ । १६ दिनदेखि यो नाका बन्द हुँदा दैनिक उपभोग्य वस्तु खरिद गर्न नपाएको स्थानिय बासिन्दाले बताएका छन् ।

सदरमुकाम खाँदबारी झर्न एक हप्ता लाग्ने भएकाले भोटखोला क्षेत्रका स्थानीय बासिन्दाहरु चीनको तिब्बत बजारमा नै निर्भर हुनुपर्ने अवस्था छ । कोरोना भाइरस रोकथामका लागि भन्दै गएको ५ गते देखि यो नाका बन्द छ ।

काेराेना भाइरस : हङकङमा एक जनाकाे ज्यान गयाे

काठमाण्डौ – हङकङमा पनि कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको ज्यान गएको छ । चीनको वुहानबाट हङकङ पुगेका ३९ वर्षीय पुरुषको मङ्गलबार बिहान ज्यान गएको समाचार संस्था अल जजेराले जनाएको छ । योसँगै चीन बाहिर कोरोना सङ्क्रमितको ज्यान गएको यो दोस्रो घटना हो ।

काेराेना भाइरस : फिलिपिन्समा एक जनाकाे ज्यान गयाेयसअघि गएको आइतबार फिलिपिन्समा रहेका एक चिनियाँ पुरुषको ज्यान गएको थियो । अहिलेसम्म चीनमामात्र कोरोना सङ्क्रमित चार सय २५ जनाको ज्यान गैसकेको छ भने २० हजार चार सय ३८ जनामा सङ्क्रमण देखिएको छ ।

चीनमा तीव्ररुपमा फैलिरहेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ । काेराेनाका कारण चीनमा मात्रै २० हजार चार सयभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । त्यस्तै हङकङमा फेरि १५ जना, मकाओमा आठ जना र ताइवानमा १० जनामा सङ्क्रमण देखिएको छ ।

चिनियाँ अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म कम्तीमा चार सय २५ जनाको ज्यान गैसकेको छ । ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भएको दाबी गरिएको छ ।चीन बाहिर फिलिपिन्समा पनि केही दिनअघि एक जनाको ज्यान गैसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *