‘माग पूरा नभए फागुन १ देखि आन्दोलन गर्छौं’

दाङ : ‘थारुहट थारुवान राष्ट्रिय मोर्चा’का केन्द्रीय संयोजक लक्ष्मण थारुले २०७२ साल भदौ ८ गते कैलालीको टिकापुरमा भएको घटनालाई राजनीतिक रूपमा सम्बोधन गरिनु पर्ने बताएका छन् । मोर्चाले मंगलबार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लक्ष्मणले घटनालाई राजनीतिक सम्बोधन गरेर निकास दिनु पर्ने बताएका हुन् ।

विनाकारण थुनामा रहेका प्रतिनिधि सभाका सदस्य रेशमलाल चौधरीसहितका व्यक्तिलाई तत्काल थुना मुक्त गरेर संविधानको सम्मान गर्नसमेत सरकारलाई आग्रह गरे।उनले उक्त घटनाको छानविनका लागि गठित समितिको र आयोगको प्रतिवेदनसहित यथार्थ अवस्था सार्वजनिक गर्न माग गरेका छन् । उनले लाल आयोग र देविराम शर्माको प्रतिवेदन तत्काल सार्वजनिक गर्नसमेत माग गरे ।

घटनाका दोषीलाई तत्काल कारवाशी गर्नुपर्ने बताए । त्यो घटनाले सबैलाई पीडा दिएको र मर्माहत बनाएको भए पनि थारु जातिको अपमान हुने गरी भएका गतिविधिले थारुहरु आन्दोलनमा जानु पर्ने अवस्था सिर्जना भएको उल्लेख गरे ।उनले संविधान जनजाति आदीवासी र थारुका लागि जस्ताको तस्तै स्वीकार्य नभएको भन्दै केही मुद्दा संशोधन र खारेजीको आवश्यकता रहेको बताए । वर्तमान सरकारका कारण थारु समुदायले आन्दोलनको तयारी गर्नु बाध्यता भएको भन्दै सरकारको निरङ्कुशताको अत्य हुनु पर्ने बताए ।

केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारी, राष्ट्रघाती, तानाशाही भयो भन्ने आरोप लगाए । उनले भने, ‘भ्र ष्टा चारी कम्युनिष्ट सरकारका विरुद्धमा आन्दोलन गर्नु पर्ने अवस्था आएको छ । त्यसका लागि पहिचानवादी मोर्चाहरु एक भइसकेका छन् ।’प्रधानमन्त्रीले जनताको भावना र थारू पहिचानमा खलबल पुर्‍याएको भन्दै शासकका विरूद्ध आन्दोलन सुरु गर्नु पर्ने अवस्था आएको बताए । उनले मोर्चाले १४ बुदे माग सरकारलाई बुझाएको र त्यो माघ मसान्तभित्रमा पूरा नभए फागुन १ गतेदेखि आन्दोलन सुरु गर्ने चेतावनी दिए ।

कम्युनिष्ट सरकारको भ्रष्टाचारी आचरण सहन नसकेर आन्दोलन तय बताउँदै उनले भने, ‘पहिचान पक्षधर र आन्दोलनरत पक्षको संयुक्त पहलमा आन्दोलनको तयारी गरिरहेका छौं। आन्दोलन कैलालीबाट सुरु गरिनेछ र आन्दोलनले तीव्रता लिने छ ।’ उनले अब हुने आन्दोलन कसैले पनि रोक्न नसक्ने बताए ।देशलाई अशान्त बनाउने शान्ति खलबलाउनेभन्दा पनि अधिकार र शान्तिका लागि आन्दोलनमा जान बाध्य

भएको उनले बताए । आन्दोलन हिंसात्मक नभएर दवावमुलक भएको उनले बताए । उनले केपि ओली र प्रचण्ड राजनीतिका गद्दार पात्र भएको आरोप लगाए ।उनले द्वन्द्व व्यवस्थापन गर्नसमेत नसकेको र सवैले स्वीकार्ने संविधानसमेत निर्माण गर्न नसकेको बताए । आन्दोलनमा शक्ति प्रदर्शनदेखि आमहडतालसम्मका कार्यक्रम भएको उनले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *