भरभराउँदो उमेरमै दुवै मृर्गौला फेल भएकी कुशुमको अपिल : ‘बाँच्न चाहान्छु, मलाई सहयोग गर्नुहोस्’

पर्वत, माघ २१ । लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमै मोदी गाउँपालिका वडा नं ४ साविक पर्वत क्याङ गाविस वडा नं ९ की कुसुम पुन मगरका दुवै मृर्गौला फेल भइसकेका छन । कलिलो उमेरमै मृर्गौला फेल भएपछि उनको उपचार कसरी गर्ने भनेर परिवार निकै चिन्तत बनिरहेको छ । कुसुमलाई बाँच्ने चाहाना भएर पनि आर्थिक संकट परेको छ ।

उनका लागि मृर्गौला मिल्यो भने श्रीमान भिम बहादुर पुन मगरले मृर्गौला दिने भएका छन । उनको उपचारका लागि स्वदेश तथा विदेशमा रहनुभएका महानुभावहरुसँग आर्थिक सहयोगको अपेक्षा गरिएको छ । छोरी कुसुम पुन मगरको उपचारका लागि आर्थिक सहयोग गरिदिन उनकी आमा हरिमाया पुर्जा पुनले सबैसँग आग्रह गरेकी छिन् ।

अब ब्ल्याकबेरी ब्रान्डका मोबाइल बन्द हुँदै

काठमाडौं, २२ माघ । कुनै बेला निकै शानदार ब्रान्ड मानिने ब्ल्याकबेरीको उत्पादन अब बन्द हुने भएको छ । ब्ल्याकबेरीलाई आफ्नो स्वामित्वमा लिएको टीसीएलले यो वर्षदेखि ब्ल्याकबेरी रोकिने जानकारी ट्विटमार्फत दिएको हो ।ब्ल्याकबेरीको ब्राण्ड लाइसेन्स र टेक्नोलोजी सपोर्ट टिसिएलसँग रहेको छ । सन् २०१६ मा टीसीएलले ब्ल्याकबेरी लिमिटेडसँग त्यसको लागि सम्झौता गरेको थियो ।

टीसीएलले ब्ल्याकबेरी ब्राण्डका फोनहरुलाई परम्परागत डिजाइनमा आधुनिक एन्ड्रोयड फोनहरुको कार्य गर्ने गरि ल्याएको थियो । तर कुनैपनि डिभाइसहरु बजारमा उत्कृष्ट नभएपछि टीसीएल यस्तो निर्णयमा पुगेको हो ।

टीसीएलले सन् २०२० को अगस्ट २१ देखि ब्ल्याकबेरी ब्राण्डका फोनहरु बिक्री नगर्ने घोषणा गरेको हो ।कम्पनीका अनुसार सो अवधिपछि कम्पनीसँग ब्ल्याकबेरीको डिजाइन र उत्पादनको अधिकार हुनेछैन् । तर अन्य डिभाइसहरु भने निरन्तर सपोर्टमा रहनेछन् ।

ब्ल्याकबेरीले ४ बर्षअघि आफैंले स्मार्टफोन बनाउन रोक्ने निर्णय गरेको थियो । केही बर्षयता टीसीएलले ब्ल्याकबेरीसहित अल्काटेल, पाम र आफ्नै टीसीएलले ब्राण्डमा स्मार्टफोनहरु उत्पादन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *