कोरोना भाइरसबाट म र्नेको संख्या ५०० पुग्यो

काठमाडौं, २२ माघ । सँसारभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या पाँच सयको पुगेको छ । भाइरसका कारण दुईजनाबाहेक सबैको चीनमा मृत्यु भएको हो ।सँसारभर झण्डै २५ हजारमा रोगको संक्रमण देखिएको छ । २५ देशमा भाइरसका संक्रमित देखिएका छन् ।

चीनको उआन क्षेत्रबाट फैलिएको रोगका कारण सँसारभर त्रास उत्पन्न भएको छ । अमेरिका र अष्ट्रेलियाले चीनबाट आउने यात्रीलाई केही समयका लागि यात्रा प्रतिबन्ध गरेका छन् ।

नेपालमा पनि कोरोना भाइरसका संक्रमित देखिएका छन् । सरकारले रोग फैलन नदिनका लागि संक्रमितलाई निगरानीमा राखेर उपचार गरिरहेको छ भने विमानस्थल र नाकाहरुमा कडाई गरेको छ ।

चीनबाट आयातित ‘माक्स’ चीनतिरै निर्यात

काठमाडौं, २१ माघ । छिमेकी मुलुक चीनमा कोरोना भाइरसको संक्रमण तिव्ररुपमा फैलिएपछि नेपालमा रहेका चिनियाँले आफन्त र साथीभाईलाई मास्क कोसेली पठाउन थालेका छन् । अहिले धमाधम कोसेली का रुपमा पठाइर्दै गरेका ती मास्क कुनेबेला चीनबाट नै आयात गरिएका हुन । अहिले व्यापारीक रुपमै चीनका विभिन्न सहरमा निर्यात हुन थालेपछि पोखरामा मास्क अभाव हुन थालेको छ ।

पर्यटकीय क्षेत्र लेकसाइडमा रहेका चिनियाँ व्यवसायलिे चीनका विभिन्न सहरमा मास्क निर्यात गरिरहेका छन् । अहिले व्यापारीक रुपमै चीनमा पठाइसकेका जानकारी दिए ।सोमबार तेस्रो चरणको निर्यातका लागी ट्रकमा मास्क लोडगरिरहेका उनले अहिलेसम २५ लाख जति हेल्लो वल्र्डमार्फत चनि पठाइएको जानकारी दिए । (नागरिक दैनिकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *