मौसमबारे यस्तो आयो नयाँ अपडेट

काठमाडौं । पछिल्ला केही दिनहरुमा काठमाडौं उपत्यका लगायत जिल्लाहरुमा घाम लागिरहेको छ । तर आज (बुधबार) र (भोली) बिहीबार पूर्वी पहाडी क्षेत्रको एक–दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुको प्रभावले पूर्वी पहाडी क्षेत्रको एक–दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहे पनि अन्य ठाउँको मौसम भने सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । हाल नेपालमा उल्लेखीनीय मौसमि प्रणालि छैन त्यसैले हिउ पर्ने सम्भावना एकदमै रहेको छ ।

हाल देशको पश्चिमि र पुर्वी पहाडी भू–भागमा आशिंक बदली रहेको छ । आज देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागका सामान्यतया सफा रहने छ ।

आज राती पनि देशका पुर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागका सामान्यतया सफा रहने छ। देशको पुर्वी पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *