आज सुन को भाउ सोचनै नसक्ने गरि घटेको छ हेर्नुहोस आजको बजार भाउ

काठमाण्डाै – सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ ।सुन बुधबार तोलाको ७५ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलबार तोलामा पाँच सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा शेयर कारोबारमा सुधार आएपछि सुनको भाउ घट्न थालेको महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढ्दा भाउ बढ्ने र घट्दा भाउ पनि घट्ने गर्छ । मङ्गलबार शेयर कारोबार उकालो लागेपछि सुनको भाउ घटेको समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।यस्तै चाँदी आज तोलामा पाँच रुपैयाँ घटेर तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

कोरियन वनको भाउ बढ्यो, अरु विदेशी मुद्राको भाउ भने घ ट्यो

काठमाण्डौ – बुधबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ । मलेसियन रिंगिटको भाउ भने स्थिर छ । नेपाल राष्ट्र बैंकले बुधबार १ अमेरिकी डरलको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको थियो ।कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा थियो।

यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो यसको खरिदद २९८ रुपैयाँ रहेको थियो ।आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६७ पैसा र र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा तोकेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ६७ पैसा र र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा नै रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६६ पैसा तोकेको छ । हिजो यसको खरिददर ३७४ रुपैयाँ १४ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ११ पैसा थियो ।यस्तै आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५३ पैसा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *