ट्रम्पको भाषण उनकै अगाडि सभामुखले च्यातिदिएपछि…

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सभामुख न्यान्सी पेलोसीको विवाद सतहमा आएको छ । उनीहरुबीच राम्रो सम्बन्ध नभएको कुरा सार्वजनिक भएको भएपनि सार्वजनिक रुपमा भने उनीहरुको कुनै त्यस्तो गतिविधि देखिएको थिएन । संसदको दुवै संवोधनका लागि पुगेका राष्ट्रपति ट्रम्प र सभामुख न्यान्सीबीचको विवाद मंगलवार सतहमा आएको हो ।

राष्ट्रपतिलाई सम्मान स्वरुप हात मिलाउन गएकी न्यान्सीलाई तिरस्कार गरेका ट्रम्पलाई उनले पनि कडा जवाफ दिएकी छन् । ट्रम्पले न्यान्सीसंग हात मिलाएनन् । त्यसको रिसमा न्यान्सीले राष्ट्रपतिको लिखित सम्बोधन च्यातेर प्रतिकार गरेकी हुन् । संसदको दुवै सदनमा

सम्बोधन गर्न संसदभवन पुगेका ट्रम्पको भाषणको लिखित कपी न्यान्सीले उनको अगाडि च्यातिदिएकी हुन्। आफूले अभिवादनका रुपमा हात मिलाउन हात नदिएका कारण न्यान्सीले विरोध स्वरुप त्यस्तो गरेको जनाएकी छन् ।

त्यसपछि पनि ट्रम्पले आफ्नो सम्बोधन जारी राखे । उनले सम्बोधनका क्रममा कोरोना भाइरबाट आफ्ना नागरिकलाई बचाउन सबै कदम चालेको जानकारी दिए । त्यस्तै चीनलाई पनि समाधानको उपाय खोज्न आग्रह गरेका छन् । त्यस्तै उनले आफूले अमेरिकी अर्थतन्त्रलाई सही बाटोमा ल्याएको दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *