विवाह मन्डपमै भिडे बेहुला बेहुली, जन्तीले गरे तमासा (भिडियो हेर्नुस्)

एजेन्सी– विवाह त एउटा उत्सवको समय हो । त्यहाँ बेहुला र बेहुली पक्ष खुसीको माहोलामा हुन्छन् । जन्तीसहित बेहुला लिएर बेहुली लिएर आउनेहरु जहिले पनि खुसीको मुडमा हुन्छन् । तर त्यही भिड जब भिडन्तमा परिणत हुन्छ भने त्यहाँको अवस्था के होला ?

तर, भारतको तेलंगानाको एउटा सहरमा यस्तो भएको छैन । अचानक बेहुला बेहुली उठेर एकआपसमा लड्न थालेका छन् । अनि यो भिडियो निकै धेरैले हेरेका छन् । बेहुला बेहुलीका नातेदारबीच अचानक कुनै एक विषयमा विवाद भएपछि यो अवस्था आएको हो । दुवै पक्ष लड्न थालेपछि बेहुला र बेहुली पनि एक आपसमा लड्न थाले ।

यो झगडा भएको अक्टोबर महिनामा हो । उनीहरुले २९ अक्टोबरमा विवाह गर्दै थिए । खासमा यो विवाद एउटा डिजेको विषयमा भएको रहेछ । प्रहरी समयमा नै त्यहाँ पुगेर विवाद साम्य बनाएको रहेछ । यसमा लडेका तीन जना त अस्पतालमा नै भर्ना भएछन् ।

यो पनि पढ्नुहोस लोक दोहोरी गायिक बबिता बानियाँ जेरी विवाह बन्धनमा बाँधिइन, बिवाह मण्डपमै यस्तो दोहोरि हानाहान (भिडियो)

लोक दोहोरी गायिक बबिता बानियाँ जेरी विवाह बन्धनमा बाँधिएकी छन् । दोहोरी गीतमा ट्वाक्क जवाफ फर्काउन माहिर उनी जेरीकै नामले चर्चित छन् । खासगरी एविसी टेलिभिजनमा प्रसारित कार्यक्रम इन्द्रेणीमा उनले गायका दोहोरी निकैले मन पराएका छन् ।

अहिले सम्म दोहोरीमा कसैसंग नहारेकी जेरीले आफ्नो लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरेकी हुन् । जेरी एउटा अबल गायिका हुन् । विवाहको मण्डपमा वेहुली भेषमा सजिएकी जेरीले आफूलाई पराजित गर्न सक्नले मात्र दोहोरी खेल्न आउनु भनेकी छन् । विवाहको मण्डपमै उनले आफ्ना श्रीमानसंग पनि दोहोरी गाइन् ।

दोहोरी गाउंदा गाउँदै प्रेम भएको र सोही प्रेमलाई विवाहमा परिणत गरिएको चर्चा गरिएको छ । जेरीले शंकर क्षेत्रीसंगको आफ्नो प्रेमलाई विवाहमा परिणत गरेकी हुन् । दुवै जना दोहोरी गायक भएका कारण उनीहरुको विवाहमा पनि रमाइलो माहोल थियो ।

विवाह मण्डपमै उनीहरु दोहोरी गाउन कस्सिएका थिए । शंकर क्षेत्री मोडल, गायक तथा कलाकार हुन् । वाजा वजाएर गरिएको विवाहमा जेरी र शंकरका आफन्तको सहभागीता थियो । यस अघि पनि विभिन्न सार्वजनिक कार्यक्रममा संगै देखिएका जेरी र शंकरले आफुहरुको सम्बन्धलाई त्यसरी वाहिर भने खुलाएका थिएनन् ।

बिवामा आफन्तहरुको पनि उपस्थित थियो सोहि क्रममा आमालाई पनि मिडियाले पछ्याएका छन् । मिडियाले आमालाई छोरीको बिवाह चाडै गरिदिनु भयो कि भन्ने प्रसं सोध्दा उनले समय भएको बताएकी छन् ।

पत्रकारले दोहिरी गायर पट्याउनु भयो कि भन्ने प्रश्नमा उनले हास्दै भनेकी छन् त्यस्तो होइन त्यसरी दोहोरीमा पट्याएको भएको भए १ लाख भन्दा बढी हुने थिए भन्दै उनले प्रतिक्रिया दिएकी छन् ।

यसरि बिवाह गरेर जानु पर्दा आफ्ना आफन्तहरुको याद आउने कुरा उनले बताएकी छन् । बिवाह अगाडी आफुले मन पराए पनि बुवा आमाको सल्लाह अनुसार नै बिवाह गरेको उनले बताएकी छन् ।उनले हुने वाला श्रीमान र मेरो २०७३ साल देखि नै हाम्रो सम्बन्ध अगाडी बढेको हो भन्दै उनले खुलाएकी छन् ।

पत्रकारहरु संग कुराकानीका क्रममा बबिता छोरीले जेरी बाचन गरेको पनि मन पर्ने आमाले बताएकी छन् । त्यस्तै उनले हनुमनिको बारेमा कार्यक्रमले गर्दा नमिल्ने बताएकी छन् । उनले पत्रकार संग कुरा गर्दै हनुममि मनाए पनि हामीले सार्वजनिक ठाउँमा बताउने कुरा भएन भन्दै उनले हाँसोमा उडाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *