कोरोना भाइरस प्रकोपको पछिल्लो अपडेट: ४९२ को मृत्यु, २४ हजार ५ सय संक्रमित, २५ देशमा विस्तार

एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर २४ हजार ५०० भन्दा बढी संक्रमित भएका छन् । तीमध्ये ४९२ को मृत्यु भइसकेको छ र मर्ने झण्डै झण्डै सबै जसो चीनका रहेका छन् । चीनको मुल भूमिभन्दा बाहिर हङकङका १ जना र फिलिपिन्सका १ संक्रमितको मृत्यु भएको घटना बाहिर आएको छ । बाँकी मर्ने सबै चीनभित्रकै छन् ।

चीनको हुबेई प्रान्तमा रहेको वुहानबाट सुरु भएको प्रकोप नियन्त्रण गर्न चीनले कठोर कदमहरु उठाएको छ । यसका बावजुद प्रकोप नियन्त्रणको प्रयास सफल हुन सकेको छैन । चीनले विभिन्न सहरका यातायात र समूहमा भेला हुने कार्यलाई रोकथाम लगाएको छ । यसबाट ६ करोड मानिस प्रभावित भएको बताइन्छ ।भाइरस संक्रमितको ठूलो संख्या चीनकै छन् । चीनबाहिर २५ देशमा २३० संक्रमणको केस भेटिएका छन् । केही देशले चिनियाँहरुको प्रवेश निशेष गरेका छन् ।

चीनमा रहेका नेपालीहरुको अवस्थाबारे बोल्यो चीन

काठमाडौं । चीनले आफ्नो मुलुकमा रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको बताएको छ । मंगलबार राजधानीमा केही सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा चिनियाँ राजदूत होउ यान्छीले सो कुरा बताएकी हुन् । राजदूत यान्छीले कोरोना प्रभावित वुहानमा रहेका नेपाली विद्यार्थीहरु

सुरक्षित रहेको बताउँदै यदि उनीहरुलाई नेपाल फर्काउने हो भने विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र सम्बन्धित विमानस्थलहरुसँग परामर्श गर्न सुझाव दिएकी छिन् । उनले चीनमा रहेका नेपालीहरुलाई फर्काउन कुटनीतिक माध्यामबाट कुराकानी गर्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘यदि नेपालले आफ्ना नागरिकलाई उद्धार गर्न चाहन्छ भने हाम्रो सल्लाह छ कि नेपाली पक्ष विमानस्थल क्वारेन्टाइन, महामारी रोकथाम तथा नियन्त्रणमा पूर्ण तयार रहनुपर्छ र महामारी रोकथामका लागि डब्लूएचओका प्रतिनिधिसँग सल्लाह गर्नुपर्छ ।’राजदूत यान्छीले वुहानमा रहेका नेपाली विद्यार्थीहरु बेइजिङस्थित नेपाली दूतावस र चिनियाँ विदेश मन्त्रालयको सम्वन्धित विभागसँग नियमित सम्पर्कमा रहेको

बताइन् । केही हप्तायता चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वका एक दर्जनभन्दा बढी देशहरु प्रभावित भैसकेका छन् भने चीनमा ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ । उक्त भाइरसबाट १५ हजारको हाराहारीमा सर्वसाधारणहरु संक्रमित भएको रिपोर्ट बाहिर आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *