अपांगले खुट्टाले बनाएको आफ्नो चित्र अमिताभ बच्चनले ५० हजारमा किने

मुम्बइ। अपांग आयुष कुंडलले आफ्नो खट्टाले अमिताभ बच्चनको चित्र बनाएर ट्वीट गरे । अमिताभ यो देखेर यति खुसी भए पनि आयुष र पूरै परिवारलाई आफ्नो खर्चमा मुम्बइ बोलाए ।

आधा घण्टाको कुराकानीपनि उनले आयुषसँग उनको इच्छा सोधे । आयुषले इशारा गरेर बताए । अमिताभले बुझ्न नसकेपछि उनकी आमाले उनी कौन बनेगा करोडपतिको हट सिटमा बस्न चाहेको बताइन् । त्यसपछि अमिताभले उनलाई कौन बनेगा करोडपतिको सिजन १२ मा

अतिथि बनाउने बताए ।आयुषले साथमा अमिताभको चित्र पनि लिएर गएका थिए जसलाई अमिताभले ५० हजारमा किने । आयुषले अमिताभको चित्र कौन बनेगा करोडपति वाला लुकमा बनाएका थिए ।

FB 2607 – My honour and my absolute affection for this .. I will be meeting him soon @aayush_kundal #AyushKundal ?✌ he makes paintings with his feet ??

Posted by Amitabh Bachchan on Saturday, January 11, 2020

यो पनि कोरोनाभाइरसको त्रासले ७ हजार जनालाई पानीजहाजमै थुनियो

काठमाडौं। कोरोना भाइरसको त्रासका कारण ७ हजार जना पानीजहाजमै थुनिनुपरेको छ । बिहीबार इटलीको एउटा क्रुज पानीजहाजबाट राजधानी रोमनजिकै सिभिटाभेसिया बन्दरगाहमा उत्रिन लागेका उनीहरुलाई पानीजहाजभित्रै थुनिएको हो । जहाजमा सवार यात्रुमध्ये एक जनालाई कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि यात्रुलाई जहाजबाट उत्रिन दिइएको थिएन ।

यद्यपि बिहीबार अबेर राती घण्टौं पछि ती बिरामीलाई देखिएको लक्षण कोरोनाभाइरस नभएको पुष्टि भएपछि उनीहरुलाई जहाजबाट उत्रिन अनुमति दिइयो । जहाजमा ६ हजार यात्रु र १ हजार चालक दलका सदस्य थिए । जहाजमा भएकामध्ये एक महिलालाई कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती बिरामीबाट संकलित नमूना परीक्षणका ल्याबमा पठाइएको थियो । परीक्षणको नतिजा नआउँदासम्म सबै यात्रुलाई जहाजबाट बाहिर निस्कन अनुमति दिइएको थिएन ।

कोस्टा क्रोसिएरे कम्पनीको जहाज कोस्टा स्मेराल्डा २५ जनवरीमा उत्तर पश्चिम इटलीको पोर्ट अफ साभोनाबाट हिँडेको थियो । शंका गरिएकी बिरामी, ५४ वर्षकी चिनियाँ महिला त्यहीँबाट जहाज चढेकी थिइन् । साभोनाबाट हिँडेको कोस्टा स्मेराल्डा फ्रान्सको मार्सेइले, स्पेनको बार्सिलोना, स्पेनकै पाल्मा टापु हुँदै इटलीको सिभिटाभेसिला पुगेको थियो । यहाँ ती महिलालाई फ्लुजस्तै लक्षण देखिएपछि उनलाई उनका पार्टनरसहित क्वारेन्टाइनमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *