जन्ती र वाजा लिएर बेहुली लिन हिँडेका बेहुलाको बेहुलीको घर पुग्न नपाइ बाटोमै ह’त्या

एजेन्सी । घरमा बेहुली भित्र्याउने पुरा तयारी भएको थियो । घर सजिएको थियो । आफन्त र साथीभाइ जन्ती भएर रमाउँदै बेहुलीको घर तर्फ जाँदै थिए तर बिचवाटोमै बेहुलाको ह त्या भयो । यो घ टना नेपालको भने होइन । भारतको उत्तरप्रदेश राज्यको आजमगढमा बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गरेका बेहुलाको ह त्या भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार कारमा सवार बेहुलालाई मोटरसाइकल चढेका आएको समूहले बोटोमै गो ली हा नेर ह त्या गरेको हो । मेहनगर थाना क्षेत्रअन्तर्गत सिंहपुर निवासी हरिषचन्द्र गुप्ताका २५ वर्षीय छोरा सुमितको ह त्या भएको हो ।

लालगंज बजारस्थित लालबहादुर गुप्ताकी छोरीसँग मंगलबार राति उनको विवाह हुने कार्यक्रम थियो । बेहुली पक्ष जन्तीको स्वागतको तयारीमा जुटिरहेको समयमा करिब एक किलोमिटरको दूरीमा बेहुलाको ह त्या भएको हो ।

विवाहका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गर्दा बोटोमै मोटरसाइकलमा आएको समूहले बेहुलामाथि गो ली प्र हा र गरेको बताइन्छ । कारको सिसा छे डेर गो ली छि रेको थियो । गो ली प्र हा र गरेलगत्तै ह म ला कारीहरु मोटरसाइकलसहित फ रा र भएको बताइएको छ ।

प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सुमितको टाउकोमा गो ली लागेको थियो । घ टना लगत्तै सुमितलाई टीकरगढस्थित अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृ त घोषणा गरेका थिए ।

प्रहरीले सो क्षेत्रमा राति नै ना का ब न्दी गरेर चेकजाँच गरे पनि ह त्या मा संलग्नहरुलाई प क्रा उ गर्न सकेको छैन । गो ली कसले चलाएको हो र किन ह त्या ग¥यो भन्ने प्रष्ट हुन नसकेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *