रहेनन् चर्चित हलिउड अभिनेता कर्क डगलस, १०३ वर्षको उमेरमा भयो निधन

चर्चित हलिउड अभिनेता कर्क डगलसको १०३ वर्षको उमेरमा निधन भएको छ।नी ६ दशकसम्म सिनेमा सक्रिय रहे।रंगमञ्च र सिनेमामा चिनिएका डगलस विविधतापूर्ण भूमिकाका लागि चर्चित छन्। उनलाई विशेष चर्चा भने सन् १९६० को क्लासिक सिनेमा ‘स्पार्टाकस’मा गरेको शीर्ष भूमिकाले दिलायो।सन् १९१६ मा न्यू योर्क शहरमा जन्मिएका डगलस हलिउडको सुनौलो युगमा सफल अभिनेता हुन। उनलाई सन् १९४९ मा बक्सिङमा आधारित सिनेमा ‘च्याम्पियन’ले पहिलो पटक ओस्कार मनोनयनमा पारेको थियो।


उनी ओस्कार विजेता अभिनेता माइकल डगलासका पिता हुन्।भारी उदासीका साथ मेरा भाइहरु म यो घोषणा गर्दछौं कि कर्क डगलासले हामीलाई आज छाडेर जानुभयो’, पिताको निधनको खबर दिदैं जारी एक वक्तव्यमा माइकलले भनेका छन्।संसारका लागि उहाँ एउटा मिथक हुनुहुन्थ्यो, सुनौलो युगको एउटा अभिनेता तर म र मेरा भाइहरु जोएल र पिटरका लागि एउटा बाबु हुनुहुन्थ्यो’, सो वक्तव्यमा भनिएको छ।

वक्तव्यमा माइकलले आफ्ना बाबुको अन्तिम जन्मदिनमा उनलाई भनेको कुरा पनि स्मरण गरेका छन्।ड्याड-म तपाईंलाई सार्है माया गर्छु र तपाईंको छोरा हुन पाएकोमा मलाई गर्व छ’, उनले जन्मदिनमा आफ्ना बाबु कर्कलाई भनेका थिए।कर्कले ९० बढी सिनेमामा काम गरे। सिनेमामा उनी १९४० देखि सन् २००० सम्म सक्रिय थिए।

उनको कामको सर्वाधिक तारिफ बटुलेको सिनेमा ‘स्पार्टाकस’ थियो। सो सिनेमाले चार वटा ओस्कार जितेको थियो।सोही सिनेमाको ‘आइ एम स्पार्टाकस’ भन्ने संवाद पछि पप संस्कृतिको एउटा महत्वपुर्ण शब्दकोश बन्यो।

कर्क डगलास तीन पटक ओस्कारको मनोनयनमा परेका थिए। उनी ‘च्याम्पियन’बाट सन् १९४९ मा पहिलो पटक ओस्कारको मनोनयनमा परेका थिए भने त्यसपछि सन् १९५२ र १९५६ मा क्रमशः ‘द ब्याड एण्ड द ब्यूटीफूल’ र ‘लस्ट फर लाइफ’ सिनेमाबाट मनोनित भएका थिए।उनलाई सन् १९९६ मा सिनेमामा ५० वर्ष योगदान दिएको भन्दै सोका लागि ओस्कार प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *