१७७ जना यात्रु रहको बिमान जव अवतरण गर्ने बेलामा बिमानस्थलमा भयो ३ टुक्रा, मान्छेको रुवाबासी (तस्विर सहित)

टर्कीको राजधानी इस्तानबुलमा अवतरण गर्ने क्रममा एक यात्रुबाहक विमान धावनमार्गमा चिप्लिएर तीन टुक्रा भएको छ। द पेगासस एयरलाइन्सको सो विमानमा १७१ यात्रु र चालकदलका ६ जना सदस्य सवार थिए। देशको पश्चिममा रहेको इजमिर प्रान्तबाट आएको सो विमान सबिहा गोकसेन विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो।

बोइङ ७२७ विमान भारी हावा र वर्षाकाबीच विमानस्थलमा अवतरण हुने प्रयासमा थियो। घटनापछि विमानस्थल बन्द गरेर अन्य उडानहरूलाई अन्यत्र मोडिएको थियो।

बोइङ ७२७ विमान समान दिशामा चलिरहेको हावा र वर्षाकाबिच अवतरणको क्रममा थियो । विमानमा रहेका अधिकांश यात्रु टर्किस रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

झण्डै २० जना भने विदेशी रहेको उल्लेख गरिएको छ । खराब मौसमका कारण विमान धावनमार्ग भन्दा ५०–६० मिटर बाहिर गएर दुर्घटना भएको स्थानबुलका गभर्नरले बताएका छन् । । घटनामा तीन जनाको निधन हुनुका साथै १७९ जना घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *