टिकटक बाट भाइरल जुम्ल्याहा दिदि-बहिनीमध्ये प्रिज्माले ‘सक्किगो नि’का बलेबीच प्रेम, छिट्टै बिवाह गर्दै ! (भिडियो)

काठमाण्डौ, २३ माघ । ‘भद्रगोल’ नामक हाँस्य टेलिश्रृंखलाबाट अभिनयमा चिनिएका सागर लम्साल उर्फ ‘बले’ र टिकटकबाट परिचित भएकी प्रिज्मा खतिवडाबीचको प्रेमसम्बन्धको चर्चाले अहिले बजार तातिरहेको छ ।

‘भद्रगोल’बाट छुट्टिएर हाल ‘सक्किगो नी’ नामक हाँस्यटेलिश्रृंखलामा अभिनय गरिरहेका सागरले दर्जनौँ म्यूजिक भिडियोमा समेत अभिनय गरेका छन् । सोहि क्रममा उनको प्रिज्मासँग भेटघाट भएको थियो ।

जुम्ल्याहा दिदि-बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा अहिले अभिनय क्षेत्रमा चर्चित छन् । दर्जनौँ म्यूजिक भिडियो तथा केहि चलचित्रका गीतहरुमा समेत उनिहरुले एकसाथ अभिनय गरेका छन् ।

सागर र प्रिज्मा मात्र होईन प्रिज्माकी बहिनी प्रिन्सी पनि मञ्जिल बस्नेतसँगको प्रेममा रहेको चर्चा छ । मञ्जिल पनि टिकटकबाट उदाएर हाल म्यूजिक भिडियोमा अभिनय गरिरहेका छन् । यि चारैजनाले एक म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

एक विशेष श्रोतका अनुसार सागर र प्रिज्माले अर्को बर्ष अर्थात २०७७ मा बिवाह गर्दैछन् । केहि महिना अघिदेखी प्रेममा रहेका उनिहरुको घरपरिवारमा समेत कुराकानी भईसकेको बुझिएको छ ।थप जानकारीका लागि यो भिडियो हेर्नुहोस्-

Leave a Reply

Your email address will not be published. Required fields are marked *