तरुनी हुँदा सबै मिल्यो बच्चा जन्मेपछि जात मिलेन भन्दै पत्नि र छोरीलाई बेहाल बनाएर भागे अजय (भिडियो)

काठमाडौं । दोलखाकी सजना नेपालीको दिन अहिले रोएर वितेको छ । विवाह गरेको १० वर्ष सम्म राम्रै चलेको उनको वैवाहिक जिवन अहिले तहस नहस भएको छ । जव सम्म उनले सन्तान जन्माएकी थिइनन् त्यतीञ्जेल उनीहरुको पारिवारीक जिवन राम्रै चलेको थियो जब उनको कोखमा सन्तान बस्यो त्यसपछि उनका श्रीमान अन्य महिलासंग नजिकिन थाले । उनलाई शंका गर्ने र यातना दिन थाले । विवाहको केही समय पछि उनले जातभातको कुरा निकालेर कुटपिट गर्ने गर्छन् । मेरो परिवारले तँलाई स्वीकार्दैनन् म तँ संग किन बस्ने भन्दै थर्काउँछन् ।

तीन वर्षकी छोरीले बाबा भन्छिन् । अलिकति चोट लाग्यो भने छोरीले बाबा भनेर रुन्छिन् त्यतीबेला उनको मुटु छियाछिया हुन्छ । ललितपुरको गोदावरीमा बस्ने सजना अहिले आफुलाई परेको समस्यामा परेपछि मिडियामा आएकी हुन् । अहिले चार महिना यता श्रीमानले छोडेर सम्पर्क विहिन भएपछि उनी बिचल्लीमा परेकी हुन् । १० वर्ष अघि विवाह गर्दा जातभातको कुरा गरेनन् तर अहिले जातभातको कुरा निकालेर तनाव दिने गरेको बताइन् ।

उनीहरुको सम्बन्ध भएको ७ वर्ष पछि ३ वर्ष अघि उनीहरुले औपचारीक रुपमा विवाह गरेका हुन् । उनीहरु सम्बन्धमा रहंदा पनि उनका प्रेमीले यातना भने दिन्थे । तर आफुले निकै माया गरेका कारण त्यस्तो गर्दा पनि उनले श्रीमानलाई छोड्न नसकेको बताइन् । धेरै पटक प्रहरीमा उजुरी दिएपछि पनि मिलमिलाप हुन्छ तर पनि उनले ब्यवहार भने परिवर्तन गर्दैनन् । उनका श्रीमान गाडी चलाउँथे ।

गाडीमा यात्राका क्रममा उनीहरुको चिनजान भएको थियो । सजनाको दाईको चिनजानकै मानिस थिए त्यसैले उनले पनि विश्वास गरिन् । प्रेममा रहँदा एक वर्ष सम्म त निकै माया गरे त्यसपछि भने उनले आफ्नो ब्यवहार परिवर्तन गरेको उनले बताइन् । उनका श्रीमान केटीको विषयमा मुद्दामा परेको पनि बताइन् । उनले त्यस बेला पनि श्रीमानलाई जेलवाट छुटाएको बताइन् ।

यो पनि प्रधानमन्त्रीको विशेष चासो: चीनवाट उद्दार गरेर ल्याइएका नेपालीलाइ उपत्यकाको चार स्थानमा राख्नु

काठमाडौं। २३ माघ । चीनवाट उद्दार गरेर ल्याइएका नेपालीहरुलाई काठमाडौंको चार स्थानमा राखिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा विशेष चासो राखेका छन् । उनले चीनबाट उद्धार गरिने नेपालीहरुलाई उपत्यकाका चार ठाउँमा राख्न निर्देशन दिएका

छन्।बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । उनले सरोकारवालाहरु सहितको विशेष बैठक राखेका थिए । प्रधानमन्त्री ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई काठमाडौँ र भक्तपुरका चार स्थानमा राख्ने व्यवस्था गर्न माग गरेका

हुन्।प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजना अनुरूप समग्र तयारीमा जुट्न सम्बद्घ मन्त्रालय र निकायहरूलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भक्तपुरमा चीनवाट आएका नेपालीहरुलाई राख्ने बारे समाचार बाहिरिएपछि बुधवार भक्तपुरका स्थानियले विरोध जनाएका थिए । कालो झण्डा सहितको विरोध र्याली प्रदर्शन गरिएको थियो । विश्वका सबै मुलुकले कोरोना भाइरसवाट प्रभावितहरुका लागि सहयोग गरिरहेको बेलामा आफ्नै देशका नागरिकलाई सुरक्षित राख्ने ब्यवस्था सरकारले गर्न लाग्दा विरोध भएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *