महिना दिनदेखि बेपत्ता श्रीमती परपुरुषसँग रंगेहात पक्राउ, श्रीमान श्रीमतीको पर्यो चर्काचर्की

एक महिना अघि हराएकी श्रीमती अर्का पुरुषसंग रं गेहात फेला परेपछि प्रहरी चौकीमै भनाभन भएको छ । काजीदाई भनेर चिनिने ब्यक्तिको श्रीमती ३५ दिन देखि हराएकी थिइन् । उनले आफ्नो श्रीमती आफ्नै साथीसंग भागेको शंका गरेका थिए । साथी र श्रीमती एकै दिन देखि सम्पर्क विहिन भएका कारण उनको शंका त्यता गएको हो ।

महानगरिय प्रहरी कार्यालयमा दुवै पक्षको वहस हुँदा चर्काचर्की भएको छ । प्रहरीको अगाडी नै उनीहरुको चर्काचर्की भयो । महानगरिय प्रहरी कार्यालय बौद्धमा काजीको श्रीमती लिएर जाने पुरुषको श्रीमती पनि मिडियामा आएकी छन् । तीन सन्तानको बुवासंग काजीको श्रीमती गएको काजीले बताएका छन् । आफ्नो श्रीमानले अर्काको श्रीमती लिएर गएको समाचार थाहा पाएपछि प्रहरी कार्यालयमा ति महिला धरधरी रोएकी छन् ।

प्रहरी कार्यालयमा आएपछि उनकी श्रीमतीले श्रीमानले आफुलाई कहिल्यै सहयोग नगरेको बताइन् । उनले पाँच वर्ष सम्म श्रीमानले कमाएको पैसा आफुले देख्न नपाएको बताइन् । तीनवटा छोराछारीको पालनपोषण गर्न र पढाउन श्रीमानले महिनामा ५ हजार रुपैया मात्र दिने गरेको उनले बताइन् ।

उनले आफ्नो श्रीमानले अर्काको श्रीमाती लिएर गएको होला भन्ने शंका सम्म नलागेको बताइन् । उनले बुढेसकालमा श्रीमानले धोका दियो भन्दै धरधरी रोएकी छन् । कामको लागि भनेर जाने श्रीमान कहिले घर नआउने त कहिले उतै रात बिताउने गर्न थालेपछि भने कहिले काँही आफुले सोध्ने गरेको उनले बताइन् । उनले बुढेकालमा धोका दिने श्रीमानलाई माफी नदिने बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *