विश्वका धनी बिल गेट्स दम्पत्तिबाट कोरोना भाइ’रसबिरुद्ध लड्न १० करोड अमेरिकी डलर सहयोग

घा’तक कोरोना भाइ’रसको संक्र’मण विश्वब्यापी फैलिदै गएपछि राहतका लागि विश्वकै धनी बिल गेट्सले १० करोड अमेरिकी डलर सहयोग गर्ने भएका छन् ।यो रकम भाइ’रसबिरुद्धको भ्याक्सिन पत्ता लगाउन, भाइ’रस फैलावट रोक्न, बिरामीको पहिचान र उपचार प्रभावकारी बनाउन प्रयोग गरिने भएको छ । बिल मेलिन्दा फाउण्डेशनको तर्फबाट उक्त सहयोग प्रदान गरिने भएको हो ।

यसैबीच चीनमा घा’तक कोरोना भाइ’रस संक्र’मणको खुलासा गर्ने युहानका डाक्टरको कोरोना भाइ’रसकै कारण मृ’त्यु भएको छ । उनले गत डिसेम्बरमा सार्सजस्तै खत’रनाक रोग आउन लागेको भन्दै सर्वसाधारणहरुलाई चेता’वनी दिएका थिए ।ली वेनलियांग नाममा ती डाक्टरलाई सामाजिक भड्वाउमा लागेको र अफवाह फैलाएको आरोपमा प्रहरीले बोलाएर एउटा काजगमा हस्ताक्षर गराएको थियो । कोरोनाभा’इरस संक्र’मित बिरामीबाट उनमा भाइ’रसको संक्र’मण भएपछि उनी जनवरी १२ मा अस्पताल भर्ना भएका थिए ।

चीनको स्वास्थ्य मन्त्रालयले भनेको छ, बिहीबारमात्रै ७३ जनाको ज्या’न गएको छ। मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार थप ३ हजार १ सय ४३ जनामा संक्र’मण भेटिएको जनाएको छ।मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा ९ सय ६२ जना ग’म्भीर बिरामी छन् र बिहीबार मात्रै ३ सय ८७ जना उपचारपछि घर फर्किसकेका छन्। दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको कोराना भाइ’सका कारण हालसम्म ६३६ जनाले चीनमा ज्या’न गुमाइसकेको मन्त्रालयको तथ्यांक रहेको छ।

अहिलेसम्म चीनका विभिन्न शहरमा उपचाररत सं’क्रमि’तहरुको संख्या ३१ हजार १ सय १६ जना रहेका छन्। त्यस्तै उपचारपछि १ हजार ५ सय ४० जना अस्पतालबाट निको भएर फर्किएको तथ्यांक सार्वजनिक गरेको छ।कोरोना भाइ’रसका कारण चीन बाहिर भने २ जनाको ज्या’न गएको छ। कोरोनाको बारेमा सबैभन्दा पहिला विश्व समुदायलाई जानकारी दिने चिनीयाँ डाक्टरको पनि कोरोना भाइ’रसकै कारण मृ’त्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *