बससँग मोटरसाइकल ठोक्किदा एक युवकको घटनास्थलमै निधन !

महोत्तरीका दुई अलगअलग स्थानमा भएको सवारी दुर्घटनामा परी दुई युवकको निधन भएको छ । यात्रुवाहक बससँग मोटरसाइकल ठोक्किदा पिपरा गाँउपालिकाकाका १७ वर्षीय राजेन्द्र शर्माको घटनास्थलमै निधन भएको छ । जलेश्वरबाट जनकपुरतर्फ गइरहेको ज१ख ७५८ नम्बरको यात्रुवाहक बससँग ज७प ८५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालका शर्माको घटनास्थलमै निधन भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृ तक शर्माको श व परीक्षणका लागि जलेश्वर अस्पतालमा राखिएको छ । बस र त्यसका चालक जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्राणमा रहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।त्यस्तै गएराति महोत्तरीको गौशाला–सम्सी सडकखण्डअन्तर्गत औरही नगरपालिका–४ स्थित कठुधारमा भएको सवारी दुर्घटनामा परी स्थानीयवासी २२ वर्षीय उमेश यादवको निधन भएको छ ।

सवारी दुर्घटनामा परी ग म्भीर घाइते भएका उमेशको उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै निधन भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । प्रहरीका अनुसार यादवले चलाउँदै आएको वी आर ३० ई ७६९९ नम्बरको भारतीय मोटरसाइकल बाटोको छेउमा रोकिराखेको अवस्थामा ज १ त ९१९९ नम्बरको उखु लोड गरिएको ट््याक्टरले ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *