चि,तु,वा,को आ,क्र,म,ण : क्षतविक्षत अवस्थामा ११ वर्षीया बालिकाको श,व भेटियो

चितुवाको आ,क्र,म,ण परी पोखरामा एक बालिकाको अकालमा मृत्यु भएको छ ।बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

दीपक र अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गरेका थिए । जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने क्रममा गाउँबाट केहीपर रहेको जङ्गलमा बालिकाको श,व क्षतविक्षत अवस्थामा भेटिएको प्रही निरीक्षक अधिकारीले बताए ।

प्रहरी र स्थानीयवासीले चि,तु,वा,को खोजी जारी राखे पनि फेला पार्न सकेका छैनन् ।यसअघि तनहुँका विभिन्न स्थानमा चितुवाको आ,क्र,म,णमा परी बालबालिकाले ज्यान गुमाएका घ,ट,ना सार्वजानिक भएका थिए ।

यो पनि यादव समाजवादी पार्टीको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं– समाजवादी पार्टीको तर्फबाट पर्साबाट प्रतिनिधिसभा चुनाव जितेका प्रदिप यादवलाई सो पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । माघ १८ गते बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी स्रोतले जनाएको छ

बैशाख २४ गतेदेखि २७ गतेसम्म लाटभियाको राजधानी रगामा स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको भेलामा नेपालको प्रतिनिधिसभा सदस्यको रुपमा प्रदीप यादव सहभागी भएका थिए । त्यसको आरोपमा असार १० गते उनलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको थियो ।

त्यतिबेला उनी पर्सा जिल्लाका पार्टी अध्यक्ष थिए ।सांसद यादवले आफू भूलवश त्यहाँ गएको स्वीकार गर्दागर्दै पार्टीले उनलाई कारवाही गरेको थियो । पार्टीले ६ महिनाको कारवाही फुकुवा गर्दै केन्द्रीय सदस्य बनाएको छ । तर जिल्ला अध्यक्षको जिम्मेवारीमा फर्काइएको छैन । नेता यादवलाई माघ २० गते दिएको पत्रमा पार्टीका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीको हस्ताक्षर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *