आमालाई बचाउन रुँदै सहयोग गर्न अपिल गरेकी विष्णुमायाको आमाले संसार छाडिन.. अस्पतालमै सबैको रुवाबासी (भिडियो)

काठमाडौँ। आमा बुबा दुवै जनालाई क्यान्सर रोगले थलापरेपछि १७ बर्षीय छोरीले रुदै आर्थिक सहयोगको अपिल गरिन । कक्षा १२मा अध्ययनरत विष्णुमाया लो लाई ठुलो शं’कट परेको थियो । आमा र बुवा क्यान्सरले छट्पटाई रहेको बेला १७ वर्षकी विष्णुमायालाई असह्य पिडा हुन्थ्यो । आमा र बुबालाई बचाई दिन समाजक सञ्जलमा समेत सबैलाई अपिल गरेकी थिइन् । तर, विष्णुमाया लो को जिवनमा विहिवार नसोचेको वज्रपात भयो । उनले एक दिन अघि मात्र सामाजिक सञ्जालमा रुँदै आफ्नो आमाबुवालाई बचाईदिन अपिल गरेकी थिइन् । तर विहिवार भने उनको आमाले नै संसार छाडिन् । रुँदै सामाजिक सञ्जालमा सहयोगको याचना गरेपछि उनका लागि आर्थिक सहयोग जुटाउन अभियान सुरु भएको थियो ।

युटूवर भाग्य न्यौपाने मार्फत आर्थिक संकलन हुन सुरु भएको थियो । विष्णुमायाको आमा र बुबा दुवै जनाको घाँटीको क्यान्सर भएको हो। बुबाको भन्दा आमाको अवस्था नाजुक भएको थियो । छोरा १२ कक्षामा पढ्छन् आमाबुवाको उपचारको लागि रिक्सा चलाएर हिड्छन् । छोरीले अस्पतालमा रेखदेख गरिरहेकी छन् ।अघिल्लो दिन विष्णुमायाको भिडियो हेरे पछि आर्थिक संकलन गरेर पैसा लिएर अर्को दिन अस्पताल पुग्दा उनको आमाले संसार छोडिसकेकी थिइन् । विष्णुमायाले आमालाई बचाऊन हर प्रयास गरे तर सकेनन । अस्पतालमै भक्कानो छाडेर आमा आमा भन्दै रोईरहिन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *