रिडी महायज्ञमा सङ्कलित एक करोड रुपैयाँ बोकेर ‘महाराज’ फ,रा,र

गुल्मी । केही महिनाअघि गुल्मीको रिडीमा ‘बाल योगेश्वर महाराजका’ नामले महायज्ञ लगाएका गुल्मी वस्तुका विजय भण्डारीले उक्त महायज्ञमा सङ्कलन भएको एक करोड नगद आफैले बोकेर गएको खुलासा भएको छ । यतिमात्र होइन, पेट्रोलियम पदार्थ र खाना, किराना सामाग्री लगायतको उधारो रकमसमेत नितिरेको पाइएको छ ।

भदौ २८ गतेदेखि असोज ११ गतेसम्म रुरु धार्मिक क्षेत्रको प्रचारप्रसार, भौतिक विकासको प्रलोभन देखाउँदै भण्डारीले महायज्ञ लगाएका थिए । उनको ठगी धन्दाविरुद्ध रातोपाटीले महायज्ञ उद्घाटनकै अघिल्लो दिन समाचार सम्प्रेषण गरेको थियो । त्यसलगत्तै प्रहरीले पक्राउको तयारी गरे पनि भण्डारीले सर्वोच्चबाट जिल्ला अदालत गुल्मीमा पत्र पठाउन लगाई पक्राउ हुनबाट जोगिएका थिए ।रिडीका बासिन्दा भन्छन्, ‘बल्ल बुझियो’उक्त महायज्ञमा ‘महाराज’लाई सहयोग पु¥याउने मध्येका एक हुन् रुरु क्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष रामलाल विक । स्थानीय समाजसेवी गुरुप्रसाद ज्ञवाली पनि उनका सहयोगी थिए । यीसहित धेरैले उतिबेला ठग ‘महाराज’ विरुद्धको समाचारलाई ‘झुटो’ भनेका थिए ।

उनै मध्येका धेरैले यतिबेला बल्ल ‘महाराज’को कर्तुत बुझ्दै जान थालिएको बताए । नाम नबताउने सर्तमा रिडीका एक अगुवा समाजसेवीले भने, ‘मैले उतिबेलै रातोपाटीको उक्त समाचारका पक्षमा ताली बजाएको हुँ । तर स्थानीय भएकोले असहयोग नगरौँ भनेर चुप लाग्न बाध्य भएको थिएँ वडाध्यक्ष विकले रुरु क्षेत्रको प्रचारप्रसार होला र केहि भौतिक विकास पनि गर्न सकिएला भनेर महायज्ञ गर्न चाहेको तर अहिले उल्टै ‘महाराज’बाट ठगिनु परेको बताए ।

अहिलेसम्म रिडीका विभिन्न व्यवसायीहरुको १८ लाख रुपैयाँ महाराजले नतिरी गएको वडाध्यक्ष विकले बताए । ‘रुरु धाममा एसियाकै ठूलो शङ्ख बनाइदिने, रुरु कन्याले मृगको दुधपान गरेको ठूलो आकारको प्रतिमुर्ति बनाइदिने वा ४ सयदेखि ५ सय किलोसम्मको विशाल घण्टा बनाइदिने सहमतिमा महायज्ञ गरिएको थियो,’ विकले भने, ‘अन्तिममा सवा २ करोड खर्च भयो भनेर जिन्सी र नगदसहित एक करोड रुपैयाँ महाराजले आफै लगेर गएका हुन् ।’

महायज्ञका क्रममा ठग ‘महाराज’ले रिडीका किशोर श्रेष्ठको नयना इन्टरप्राईजेजबाट ६ लाख १० हजारको पेट्रोलिय पदार्थ उधारोमा लिएका थिए पैसा पछि पठाउँछु’ भन्दै हिँडेका भण्डारीले खातामा पैसा नभएको चेक दिए । फेरि अर्को भाका राखे माघ २२ गतेका लागि । अहिलेसम्म पनि उक्त रकम पाउन नसकेको श्रेष्ठले बताए ।रिडीकै ओम अमात्यको आयुष ट्रेडर्सबाट २ लाख ५० हजार रुपैयाँ बराबरको रासनलगायतका किराना सामानहरु उनले उधारो लिएका थिए । उक्त रकम पनि अहिलेसम्म पाउन नसकेको आमात्यले बताए ।

भनेजति पैसा दिने प्रलोभन देखाउँदै स्थानीय रेडियो, टेलिभिजनहरुमा महायज्ञको व्यापक प्रचार गराएका भण्डारीले अहिलेसम्म विज्ञापनको समेत रकम नतिरेपछि स्थानीय सञ्चारमाध्यमका सञ्चालक एवं सञ्चारकर्मीसमेत जिल्लिएका छन् ।अमेरिका पठाइदिन्छु’ भन्दै विभिन्न व्यक्तिबाट करोडौँ रकम असुलेका भण्डारी वैदेशिक रोजगार ठगी मुद्दामा जेल पर्नु अघिसम्म विष्णु प्रपन्नाचार्यको आवरणमा धर्मका नाममा ठगी धन्दा चलाउँदै आएका थिए ।पछिल्लो पटक जेलबाट छुटेपछि उनले बाल योगेश्वरको आवरणमा

आफ्नो घर गुल्मीको वस्तु नजिकै पालुखा गाउँका चिनेजानेका शिक्षक र समाजसेवीहरुलाई हातमा लिएर पालुखा माध्यमिक विद्यालयमा २०७५ साल असोज २२ देखि २९ गतेसम्म महायज्ञ लगाए ।आफ्नो छवि राम्रो बनाउने सोचका साथ उनले महायज्ञ लगाए, परिणामस्वरुप कुल उठेको नगद रकम ३९ लाखमध्ये जम्मा ११ लाख ५० हजार मात्रै लगे । पछि अन्य विद्यालय पनि उनीप्रति आकर्षित हुन थाले । पालुखा माविका प्रधानध्यापक बाबुराम खत्रीका अनुसार ३३ लाख बोल

रकम अझै उठेको छैन ।गत वर्ष नै उनले मुसिकोट नगरपालिका–१, अरेवाको जनज्योति माध्यामिक विद्यालयमा महायज्ञ लगाए । त्यहाँबाट उनले त्यो भन्दा बढि रकम लगे । उठेको नगद रकम आफूले लैजाने र बोलकबोल भएको उधारो रकम आयोजकलाई भिराएर जाने कामलाई उनले निरन्तरता दिन थाले ।गुल्मीकै रुन्खादह माध्यामिक विद्यालयमा महायज्ञ गरेर उठेको नगद रकम आफैले लगे, बोल रकम विद्यालयलाई छाडे । ती दुवै विद्यालयमा अहिलेसम्म लाखौं बोल रकम उठ्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *