घाटी थि च्ने र मुख छोप्ने प्रयास गरेका बेला महिलाले कोरोना भएको भनेपछि

काठमाडौं । चीनमा धेरै नागरिकले कोरोना भाइरसको सं क्रमणका कारण ज्यान गुमाएका छन् । छन् एक जना महिलाले कोरोना भाइरसको नाम लिएर आफुलाई बचाउन सफल भएकी छन् ।

चीनको वुआन शहर देखि ३ घण्टाको गाडीको दुरीमा रहेकी एक महिलाले आफु माथि करणी गर्न आएका पुरुषलाई कोरोना भाइरसको नाम लिएर भगाएकी छन् । ति महिलालाई खोकी लागिरहेको थियो । उनले आफुलाई लागिरहेको खोकी कोरोना भाइरसको कारण हो भनेपछि करणी गर्न आएका युवा भागेका थिए ।

२५ वर्षीय सियाओ गत शुक्रबार महिलाको कोठामा पसेका थिए । उनी अघिल्लो दिन आफ्नो घरवाट एक्लै निस्केका थिए । परिवारवाट टाढा भएका उनीसंग पैसा पनि थिएन । पैसा चोर्ने मनसायले महिलाको बेडरुममा गएका उनी महिलालाई घरमा एक्लै रहेको देखेपछि करणी गर्न खोजेका थिए ।

स्वस्थ महिलाले आफू भर्खरै वुहानबाट आएको र कोरोनाभाइरसको सं क्रमित भएको भनेर चि च्याएकि थिइन् । त्यसैले आफू घरका एक्लै क्वारेन्टाइनका लागि बसेको बताएपछि ति ब्यक्ति महिलालाई छोडेर भागेका थिए ।

प्रहरीका अनुसार पीडित यीले खोकीलाई कोरोनाभा इरस भएको भनेर ढाटेकि थिइन् । यो घटना जिङसानको बाहिर रहेको पिङबा नगरमा भएको हो । यो घटना जिङसान सार्वजनिक सुरक्षा ब्यूरोले सोमबार सामाजिक संजालमा पोष्ट गरे पछि चर्चा भएको हो ।

चीनमा अधिकांश मानिस माक्समा हुने भएकाले ति ब्यक्तिलाई पक्राउ गर्न भने प्रहरीलाई समस्या भएको थियो । सियाओ स्थानीय बासिन्दा हुन् र सोही रात उनी पैसा विहिन अवस्थामा परिवारबाट छुट्टिएका थिए ।

उनीसँग पैसा पनि नभएकाले उनले महिलाको कोठाबाट केही पैसा समेत लु टेर लगेका थिए । तर सोमाबार पछि थोरै समयको अवधिमा सियाओ आफ्ना बुवासँगै फर्किरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । हाल उनी हिरासतमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *