यिनै हुन् बिर्तामोडमा एक व्यक्तिको ह’त्या गरि परालको कुन्युमा ज’लाउने दुई अ’प’राधी

झापा, २४ माघ । जिल्लाको बिर्तामोडमा भएको ह’त्या काण्डमा संलग्नलाई प्रहरीले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । बिर्तामोड–२ स्थित चारपानेमा ह’त्या गरी ज’लाएको अवस्थामा फेला परेका सुवान शेखको ह’त्यामा संलग्न बिर्तामोडका २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवले प्रहरीले सार्वजनिक गरेको हो ।

उनीहरुले गत बुधबार भारतको अररिया घर भई १० वर्षदेखि चारपानेमा बस्दै आएका ४० वर्षीया शेखको ह’त्या गरेर परालमा राखी जलाएका थिए ।प्रहरीका अनुसार उनीहरु घ’टना भएको रात सँगै बसेर मा’दक प’दार्थ से’वन गरेका थिए । मा’दक प’दार्थ से’वनका क्रममा सामान्य वि’वाद हुँदा ह’त्या भएको हो ।

शेखको श’व २१ गते ज’लेर चिन्नै नसक्ने अवस्थामा फेला परेको थियो । करन र लक्ष्मणको साथबाट शेखको मोबाइल आ’गो लगाउँदा प्रयोग भएको लाइटर, मृ’तकले प्रयोग गरेको सीम कार्डलगायत फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्ररहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *