एमसिसि बहसपछि पुर्व सभामुख महरालाई भेट्नेको लर्को, भन्छन्: ‘महरा लाई फसाइयो’

काठमाडौं। अमेरिकी सहयोग कार्यक्रम एमसिसिबारे सर्बत्र बहस चलिरहँदा एमसिसि संसदबाट पारित गराउन नचाहेको आरोप लागेका पुर्व सभामुख कृष्णबहादुर महरा यतिवेला अर्कै अभियोगमा कारागारमा छन् ।

यस्तो छ कारागारमा महराको दैनिकी’ शीर्षक दिएर नागरिकले पूर्वसभामुख कृष्णबहादुर महराको कारागार दैनिकी उतारेको छ । नागरिकका अनुसार गत कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका उनलाई भेट्न जानेहरूको लर्को नै लाग्ने गरेको छ ।

अहिलेसम्म उनलाई भेट्न १० हजार बढी आफन्त र कार्यकर्ता पुगेको कारागारको भनाइ छ । तर उनलाई सामान्य कार्यकर्ता र आफन्तबाहेक भीआईपी भने जाँदैनन् । ‘अरू कैदीलाई भेट्न फाट्टफुट्ट रूपमा भए पनि शीर्ष नेता नेताहरू आइरहेका,’ कारागारका एक कर्मचारीले भनेका छन्, ‘तर महराज्यूलाई भेट्न शीर्ष नेताहरू कोही नआएको देख्दा अनौठो लागेको छ ।’

त्यसो त महरा आफैं पनि सञ्चारकर्मी र कर्मचारीसँग भेट्न अनिच्छुक छन् । कारागार चलान भएलगत्तैदेखि उनले कर्मचारीसँग पत्रकार आए भेट्न नदिनू भनेको नागरिक समाचारमा उल्लेख छ । सन्चोबिसन्चो सोध्ने कर्मचारीलाई उनले ठीक छ भनेर टाउको हल्लाउने गरेका छन् । समाचार अनुसार महराको दायाँ बाया २५्३० जना कैदी छन् ।

तर उनी ती कैदीहरूसँग पनि खासै बोल्दैनन् । उनलाई भेटेर फर्किएका सर्वसाधारण र पार्टीका कार्यकरताहरूले महरा सहि रहेको, रहेको र उनलाई फँसाइएको पुष्टि भएको प्रतिकृया दिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *