चीनमा १९ विदेशी नागरिक कोरोना संक्रमित, नेपाली पनि परेको आशंका

चीनमा महामारीको रुप लिएको नोबेल कोरोना भाइरसबाट बिहीवार थप ७३ मानिसको मृत्यु भएको छ । यसबाट मृतकको संख्या बढेर ६ सय ३६ पुगेको छ ।अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ३१ हजार पुगिसकेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रवार वुहान

प्रान्तमा ६९ जना र अन्य प्रान्तमा ४ जना मारिएको पुष्टि गरेको छ ।स्वास्थ्य आयोगले एक दिनमा थप ३ हजार १ सय ४३ मानिस संक्रमित भएको बताएको छ । बिहीवारसम्म १ हजार ५ सय ४० जनालाई उपचारपछि घर फिर्ता गरिएको आयोगले बताएको छ ।

यससँगै चीनमा रहेका १९ विदेशी नागरिकलाई संक्रमण भएको छ । उनीहरू कुन कुन देशका हुन् भन्ने अहिलेसम्म केही खुलाइएको छैन । संक्रमितमध्ये नेपाली पनि परेको हुनसक्ने आशंका गरिएको छ ।

बिहीवार वेनलियाङ नामका एक डाक्टरको पनि भाइरसको संक्रमणका कारण निधन भयो । उनले कोरोना भाइरसका बारेमा पहिलोपटक बोलेका थिए ।चीनले १५ सय शय्याको अर्को नयाँ अस्पताल बनाएको छ । हुवेइ प्रान्तमा अस्पतालमा रहेका शय्याको संख्या कम रहेको भन्दै सरकारले थप १५ सय शय्याको अस्पताल बनाएको हो । यससँगै चीनमा टेन्ट अस्पताल र मोबाइल क्लिनिक पनि शुरू भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *