बालक आ,क्र,म,ण गर्ने चितुवा खोरमा

तनहुँ- तनहँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा थापिएको खोरमा चितुवा परेको छ । यही माघ १३ गते चितुवाको आ,क्र,म,णबाट सो गाउँका दश वर्षीय इशक सुनारको मृ,त्यु भएपछि डिभिजन वन कार्यालयले बा,ख्रा सहितको खोर था,पे,को थियो ।

सात/आठ वर्षको करिब ३५ केजी तौल भएको पोथी प्रजातिको चितुवा आज विहान खोरमा परेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।हालसम्म भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक गरी छ चितुवालाई खोरमा पारी नियन्त्रणमा

ल्याइएको छ । उनका अनुसार नियन्त्रणमा आएको चितुवालाई अन्यत्रै स्थानान्तरण गरिनेछ ।भानु, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा चितुवाको आ,त,ङ्क पछिल्लो समय बढेको छ ।

गत २० महिनाको अवधिमा जिल्लामा चितुवाको आ,क्र,म,ण,बाट नौ बालबालिकाले ज्यान गुमाइसकेका छन् । पछिल्लो समय वन्यजन्तुबाट मानिस, घरपालुवा जनावर र खेतीपातीको क्षति हुने क्रम बढेको छ ।चितुवाका आ,हा,रा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आ,क्र,म,ण बढेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *