माघ २५, २०७६ संखुवासभा : कोरोना भाइरसको म,हा,मा,री फैलिएसँगै चीनले किमाथांका नाका बन्द गरिदिएपछि खाद्यान्न बोकेर नेपाली सेनाको हेलिकोप्टर संखुवासभाको किमाथांका पुगेको छ। चीनले सीमा बन्द गरिदिएपछि किमाथांकमा खाद्यान्न संकट भएको छ। सो संकट टार्न
खाद्यान्न बोकेर सेनाको हेलिकोप्टर आज बिहान भोटखोला गाउँपालिका–१ किमाथांकामा अवतरण गरेको हो। खाद्यान्न संकट भएपछि गाउँपालिका अध्यक्ष तेम्बा भोटे हेलिकोप्टरमा खाद्यान्न राखेर किमाथांका पुगेका छन्। चीनले माघ ५ गते बाट अनिश्चितकालका लागि किमाथांका नाका बन्द गरेपछि यस क्षेत्रमा खाद्यान्न सं,क,ट भएको हो। खाद्यान्न संकट भएको किमाथांकामा आज हेलिकप्टरमा चामल, नुन,तेल
लगायतका खाद्यान्न सामग्री लिएर किमाथांका पुगेको गाउँपालिका भोटेले जानकारी दिए। हेलिकप्टरमा ६,३५० किलोग्राम चामल, ३०० किलो नुन, १८० किलो तेल, ६०० किलो मकै लगायतका खाद्यान्न ढुवानी गरिएको अध्यक्ष भोटेले जानकारी दिए। भोटखोला-१ किमाथांकाका ८६ घर परिवार, भर्खरै स्थापना गरिएको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट, प्रहरी चौकी, स्वास्थ्य चौकीलगायत कार्यालयका कर्मचारीले खाद्यान्न
अभाव भोगिरहेका छन्। भोटखोलाको किमाथांका उच्च हिमाली क्षेत्र भएका कारण कोदो, मकै र आलु बाहेकका खाद्यान्न उत्पादन हुँदैन। उत्पादन भएका कोदो,मकै र आलुले दुई चार महिनामात्र पुग्ने स्थानीय बताउँछन्। सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले किमाथांकाका नागरिकलाई खाद्यान्न उपलब्ध गराउने विषयमा निर्णय गरेको थियो। भोटखोला सदरमुकामबाट ५ दिनको पैदल दुरीमा पर्छ। भोटखोलाका लागि दैनिक उपभोग्य सामग्री चीनको चाँगा र देन्दाङ बजारबाट आयत हुने गरेको थियो।