विश्वकै सबैभन्दा सानो गाई, शेयर गर्नुहाेस

हालै अमेरिकामा एउटा एकदमे सानो गाई भेटिएको छ । सामान्य गाईको तुलनामा यो गाईको तौल ४.५ किलो रहेका छ । यो गाई विश्वकै सबैभन्दा सानो गाई हो । सामान्य गाईभन्दा १० हिस्सा सानो यो गाईको नाम लिटिल बिल हो ।

यो बाच्छोलाई जन्मने बित्तिकै अमेरिकाको मिसिसिपी स्टेट यूनिभर्सिटी कलेज अफ भेटेरिनरी मेडिसिनमा लगिएको थियो । गाईको मालिकले गाई बिरामी भएको हुनसक्ने भन्दै भेटेनरी लगेका थिए । तर, चिकित्सकले गाई पूर्ण स्वस्थ रहेको बताएका छन् । गाई सामान्य गाईको तुलनामा सानो मात्रै भएको अन्य कुनै रोग नभएको चिकित्सकले बताएका छन् ।

अस्पतालमा यस्तो विचित्रको गाई हेर्न भीड जम्मा भएको थियो । चिकित्सकले गाईको एक तस्विर पनि आफ्नो फेसबुक फेजमा शेयर गरेका छन् । गाई किन यति सानो भएर जन्मियो भनि चिकित्सकले अनुसन्धान गरिरहेका छन् । #LilBill भनि अहिले यो गाई सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

अन्य समाचार :आजदेखि देशभरिकै माैसममा सुधार : मङ्गलबारदेखि फेरि माैसम बदली हुने सम्भावना काठमाण्डाै – आइतबारदेखि देशभरिकै मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभाव कमजोर हुँदै गएकाले आइतबार र साेमबार देशभरकै मौसम सामान्यतया सफा हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

अहिले काठमाण्डाैसहित देशका केही ठाउँमा देखिएको कुहिरो पनि दिउँसोपछि हट्दै गएर घाम लाग्ने मौसमविद् मानन्धरले बताउनु भयो । साेमबार पनि सामान्यतया देशभरिकै मौसम सफा हुनेछ ।

नयाँ मौसमी प्रणाली देखिएकाले मङ्गलबारदेखि भने फेरि मौसम बदली हुने सम्भावना रहेको उहाँले बताउनु भयो । तर प्रणालीको असर कत्तिक्को पर्छ भन्ने बारे भने अहिल्यै भन्न नसकिने उहाँले जानकारी दिनुभयाे ।

आइतबार बिहान काठमाण्डाै उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएकाे छ । केही दिन यता पश्चिमी वायुको प्रभावका कारण देशभर पानी र हिउँ पर्दा जनजीवन प्रभावित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *