चट्याङ लागेर तीन जनाको ज्यान गयो

दाङ – दाङमा चट्याङमा परेर तीन जनाको ज्यान गएको छ ।तुलसीपुर र घोराहीमा शनिबार चट्याङमा परेर तीन जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका-७, नवलपुरकी गीता चौधरीकी ७ वर्षीया छोरी सृष्टि र त्यही ठाउँकी ५४ वर्षीया लक्ष्मी आचार्यको ज्यान गएको हो ।

चट्याङ लागेर घाइते भएका चौधरी र आचार्यको उपचारका क्रममा तुलसीपुरको राप्ती लाइफ केयर हस्पिटलमा ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै घोराही उपमहानगरपालिका ११ हापुरका सूर्यबहादुर पुरीका छोरा ८ वर्षीय ताराबहादुरको पनि चट्याङ लागेर ज्यान गएको छ ।

विश्वकप २०२२ का लागि टर्कीका सुरक्षाकर्मी कतारमा

काठमाण्डाै – कतारले सन् २०२२ मा आयोजना हुने ‘फिफा विश्वकप २०२२’ लाई सुरक्षित वातावरणमा सम्पन्न गर्न टर्कीबाट सुरक्षाकर्मी ल्याउने भएकाे छ । कतारका वितरण समितिका महासचिव अल थवाडीले विश्वकपलाई सुरक्षित बनाउन आफूहरुले टर्कीसँग सुरक्षाकर्मीको बारेमा वार्ता गरेको बताएका हुन् ।

सन् २०२२ मा कतारमा विश्वकप हेर्न आउने दर्शकको सुरक्षालाई मध्यनजर गर्दै कतारले छिमेकी राष्ट्रहरुबाट सुरक्षाकर्मी ल्याउन लागेएको बताइएको छ । हामी फिफा विश्वकप २०२२ लाई सुरक्षित ढङ्गबाट सम्पन्न गर्न चाहन्छौँ, हामी हरेक दर्शकको सुरक्षा चहान्छौँ’, अल थवाडीले भने ।फिफा विश्वकपमा टर्कीका सुरक्षाकर्मी ल्याउने विषयमा टर्की र कतारबीच सम्झौता हुन लागेकाे सञ्चारमाध्यमले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *