अमेरिका विरुद्ध सन्दीपले लिए १७ हजार ६ सय ९६ रुपैयाँ बराबरको दुई विकेट !

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणका लागि १७ हजार ६ सय ९६ रुपैयाँ सहयोग गर्ने पक्का भएको छ ।

लामिछानेले आइतवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बुधबारदेखि शुरु हुने आईसीसी विश्व लिग २ मा एक विकेट बराबर सगरमाथाको उचाइ बराबरको रकम रंगशालाका लागि सहयोग गर्ने जनाएका थिए । अर्थात प्रतिविकेट उनले ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने उल्लेख गरेका थिए ।

यसैबीच अमेरिका विरुद्ध शनिवार(आज) जारी खेलमा सन्दीपले दुई विकेट लिइसकेका छन् । यसहिसावमा उनले १७ हजार ६ सय ९६ रुपैयाँ सहयोग गर्ने पक्का भएको हो । उनले थप विकेट लिए रकम थप हुने छ ।ओमान विरुद्धको पहिलो खेलमा भने सन्दीपले कुनै विकेट लिएका थिएनन् ।

नेपाललाई सफलता, ७५ रन बनाएका हल्याण्ड आउट

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दिएको १ सय९१ रनको लक्ष्य पछ्याएको अमेरिकामाथि नेपालका बलर हावी भएसँगै पाहुना टोलीको ब्याटिङ कमजोर बनेको छ ।किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा ४१ औं ओभरमा अमेरिकाले ९ विकेट गुमाएर १ सय४४ रन बनाएको छ ।

४१ औं ओभरको तेस्रो बलमा नेपालका करण केसीले नेपालका लागि नवौं विकेट लिएका हुन् । करणले इआन हल्यान्डलाई ७५ रनमा विनोद भण्डारीमार्फत क्याच आउट गराए ।योसँगै करणले व्यक्तिगत ३ विकेट लिएका छन् । शृङ्खलामा उनको विकेट संख्या ७ पुगेको छ । यसअघि नेपालका लागि सुशन भारीले ३ सन्दीप लामिछानेले २ तथा कुशल मल्लले १ विकेट लिएका थिए । अमेरिकाविरुद्ध नेपालले ४९.२ ओभर खेल्दै सबै विकेट गुमाएर १सय९० रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *