छोरा हुर्केपछि मात्र फिल्ममा देखिनेछिन् निशा !

नायिका निशा अधिकारी अहिले चलचित्र क्षेत्रबाट टाढा छिन् । क्रिकेटर शरद भेष्वाकरसँग बैबाहिक जीवनमा बाँधिएपछि उनी चलचित्र क्षेत्रबाट अलग भएकी हुन् । निशा आमा पनि बनिसकेकी छिन् । उनका छोरा २१ महिनाका भइसके ।

लामो समय चलचित्र क्षेत्रबाट टाढा भएकी निशाले अब भने चलचित्र क्षेत्रलाई याद गर्न सुरु गरेकी छिन् । पछिल्लो समय उनी केही सार्वजनिक कार्यक्रमहरुमा पनि देखिन थालेकी छिन् । जहाँबाट उनलाई चलचित्र क्षेत्र प्रति पुनः मोह जागेको कुरा पत्तो पाउन सकिन्छ ।सार्वजनिक कार्यक्रममा उपस्थिस्त हुन थालेकी निशालाई एउटै प्रश्न गरिन्छ, ‘कमब्याक कहिले ?’

बुधबार चलचित्र ‘सेल्फी किंग’को पि्रमियरमा उपस्थित निशालाई सोही प्रश्न तेर्सियो । त्यहाँ निशाले आफू चलचित्र क्षेत्रमा कमब्याक गर्ने विषयमा सोचिरहेको बताइन् । उनले भनिन्, ‘म कमब्याकको बारेमा सोचिरहेको छु । तर, तुरुन्तै आइहाल्ने अवस्थामा छैन । मलाई कमब्याकको लागि केही समय लाग्न सक्छ ।’

अहिले निशा छोराको स्याहार सुरारमा नै रमाइरहेकी छिन् । छोरा स्कुल जान सुरु गरेपछि मात्र चलचित्र क्षेत्रमा आउने निशाको योजना रहेको छ । उनले थपिन्, ‘अहिले म त ‘फुल टाइम मदर’ भएको छु । छोरालाई नहुर्काएसम्म चलचित्र क्षेत्रमा आउने चान्स नै छैन ।’ उनी आफूले जानेको नै अभिनय भएकाले चलचित्र क्षेत्रसँग टाढा रहेर बस्न नसक्ने बताउँछिन् ।

नायिका निशा चलचित्र क्षेत्रमा सफल नाम हो । उनी अभिनित केही चलचित्रहरुले बक्स अफिसमा राम्रो कमाइ गरेका छन् । पछिल्लो समय निशा निर्माता पनि बनेकी थिइन् । उनको निर्माणमा तयार भएको चलचित्र ‘झ्यानाकुटी’ व्यापारिक र समीक्षात्मक रुपमा औसत चलचित्र बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *